धरान  / सुनसरीको बराहक्षेत्र नगरपालिका– ७ स्थित देवीघाटका दुई व्यक्तिको शव सप्तकोशी किनारमा फेला परेको छ ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार देवीघाटका १९ बर्षीय पारस लिम्बु र १४ बर्षीया मौषमी बर्देवाको शव भेटिएको हो । उनीहरु दुवै जना हजिोदेखि घरबाट हिडेका थिए ।
घाँस काट्नेले केटीले शव देखि प्रहरीलाई खवर गरेका थिए । डिएसपी शर्माका अनुसार जोडीको शवसँगै २ वटा मोवाइल र दुई जोर चप्पल पनि भेटिएको डिएसपी विनोद शर्मादले जानकारी दिए ।
दुवै जनाबीच प्रेम सम्बन्ध भएको र परिवारबाट समस्या भएपछि कोशीमा हाम्फाल्ने निर्णय गरेको हुन सक्ने प्रहरीले बताएको छ ।