पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरेस्थित घरेलु तथा साना उद्योग महासंघ नगर समितिको प्रथम चुनावी साधारणसभाबाट निर्विरोध रुपमा नयाँ समिति चयन भएको छ ।

      समितिको अध्यक्षमा गुरुप्रसाद दाहाल, बरिष्ठ उपाध्यक्षमा उद्दबराज बस्नेत, उपाध्यक्षमा साबी राजभण्डारी, महासचिवमा इन्द्र बहादुर राई, कोषाध्यक्षमा प्रेम सुवेदी चुनिएका छन् । सदस्यहरु सरोजा खड्गी, देवी राई, दिपक बिष्ट, भरत भण्डारी, खगेन्द्र भट्टराई, घनश्याम गिरी सहित रहेको निवर्तमान अध्यक्षमा तुलसीराम ढकालले जनाए ।