धनकुटा / अरुण तेश्रो जलविधुत आयोजनाको लागी प्रयोग गर्न भारतको गुजरात देखि संखुवासभा लाँदै गरिएको ९ सय मेघावट विधुत उत्पादन गर्ने क्षमताको ट्रान्सफर्म धनकुटाको हिले वजारमा ढल निर्माणको कारण राजमार्ग अवरुद्ध हुँदा १० दिन यता धनकुटामा थन्किएको छ ।
नेपाल कै सवै भन्दा ठूलो जलविधुत आयोजनाको प्रयोजनको लागी भारतबाट ल्याउँदै गरेको ४० टन तौल भएको ट्रान्सफर्म कोशी लोकमार्ग अन्तर्गत हिले वजारको विच सडकमा ढल निर्माण गर्न होल खनेको कारण वाटो साँगुरो हुँदा धनकुटामा थन्किएको हो । नौ सय मेघावट विधुत उत्पादन गर्ने क्षमताको टान्सफर्म ४८ चक्के ह्याभी क्यारियरमा २ वटा ट्रकको साहाराले ल्याउने क्रममा हिलेमा राजमार्ग अवरुद्ध भएको कारण धनकुटामा राख्नु परेको माँ अन्नपुर्ण ट्रान्सपोर्ट कम्पनीका कर्मचारी तमुन्नाले ब्लाष्टलाई वताए । ढल निर्माणको कारण राजमार्ग अवरुद्ध हुँदा एचआर ५५ एम ८२७० नम्वरको १० चक्के पुलर, ४० टनको ट्रान्सफर्म वोकेको ह्याभी क्यारियर र एचआर ५५ एम ८००८ नम्वर तान्ने ट्रक ९ दिनयता धनकुटामा वस्नु परेको तमुन्नाले वताए ।
भारतको गुजरात देखि ढेड महिना अघि हिडाइएको विधुतको ट्रान्सफरमा ४७ औं दिनमा धनकुटा आईपुगेको माँ अन्नपुर्ण ट्रान्सपोर्ट कम्पनीका सुपरभाईजर महोमद पैयाजले वताए । उनले ट्रान्सफर्मको सुरक्षित तरिकाले संखुवासभा जिल्लाको अरुण थर्डको निर्माण स्थल पुखुवासम्म पुग्न अझै १५ दिन भन्दा वढी समय लाग्ने वताए ।
अधिकांश समय रातको समयमा हिड्नु पर्ने, दिउँसोको समयमा हिड्दा अन्य सवारी साधन आवात जावतले समस्या हुने र साईड दिन समेत वाटोको कारण समस्या भएकाले लामो समय लाग्ने पैयाजले वताए । उनले ट्रान्सफर्म ढुवानीमा खटिएका चालक सहित १३ जना कर्मचारीको सुरक्षाको लागी भारत सरकारले छुट्टै स्कटिङको व्यवस्था गरेको छ ।
भारतको सतलज कम्पनीले सन २०१८ देखी निर्माण कार्य थालेको अरुण तेश्रो जलविधुत आयोजनाको कुल लागत १.४ विलियन अमेरिकन डलर रहेको छ । हाल अरुण थर्ड विधुत आयोजनामा ३ हजार भन्दा वढी कामदारले काम गरिहेको र ५ वर्ष भित्र निर्माण कार्य सम्पन्न गर्ने वताइएको छ । यो परियोजना सफल भएपछि नेपालमा सदाको लागी लोडसेडिङ अन्त्य हुने आशा व्यक्त गरिएको छ । उक्त परियोजनाको कुल उत्पादनको २१.९ प्रतिसत विधुत भारत सरकारले सम्झौता अवधीभर नेपाललाई निःशुल्क दिने जनाइएको छ । आयोजनाको कुल अवधी २५ वर्षको रहेको छ ।