धरान/ कवि, कथाकार, फिल्म लेखक र अभिनेताको परिचय बनाएका उपेन्द्र सुब्बाले अब फिल्म निर्देशनमा हात हाल्दैछन् । सुब्बाको लेखन तथा निर्देशनमा फिल्म ‘जारी’ निर्माण हुने भएको छ ।

फिल्ममा दयाहाङ राई र मिरुना मगरको शीर्षभूमिका रहनेछ भने प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, रेखा लिम्बू, पुष्कर गुरुङ, कमलमणि नेपाललगायतका कलाकारको समेत अभिनय रहनेछ ।

फिल्मको फस्ट लुक पनि सार्वजनिक गरिएको छ । आउँदो जेठ २३ गते रिलिज हुने गरी फिल्म निर्माण हुन लागेको हो । निर्देशन रामबाबु गुरुङले यो फिल्ममा लगानी गर्नेछन् ।

गुरुङले सामाजिक सञ्जालमार्फत् यसबारेमा जानकारी दिएका हुन् । यस्तै फिल्ममा शैलेन्द्र डी कार्कीको छायाङ्कन रहनेछ भने निमेष श्रेष्ठले सम्पादन गर्नेछन् ।