पथरीशनिश्चरे/ मोरङको पथरीशनिश्चरेस्थित पूर्वपश्चिम मुख्य सडकको पथरी लाटीखोला नजिक शनिबार बिहानको दुर्घटनामा १ जनाको ज्यान जानुका साथै अर्का १ सख्त घाइते भएका छन् ।

पूर्वतर्फै गइरहेको ना. ८ ख ६७ नम्वरको अर्काे ट्कमा पछाडीबाट ठोक्किएको प्र. १ ०२ ००१ ख ८०९१ नम्वरको ट्रकका चालक भरतपुर ११ चितवनका अजय अधिकारीको घटनास्थलमै ज्यान गएको पथरी प्रहरीले जनाएको छ ।

सख्त घाइते भएका सोही ट्रकका सहचालक भरतपुर ११ कै अंकित घम सख्त घाइते भई उनको वीएण्डसी हस्पिटल विर्तामोडमा उपचार भइरहेको छ ।

विहान ५: ३० को समयमा रफ्तारमा रहेको सो ट्रक सोही दिशातर्फ अगाडी गुडिरहेको ट्रकको पछाडी जोडले ठोक्किएको थियो । जसका कारण चालक बस्ने अघिल्लो भाग पूर्णरुपमा कुच्चिएर चालक र सहचालक चेप्टिएको अवस्थामा स्काभेटर प्रयोग गरी निकालिएको थियो ।

४५ मिनट समय लगाएर गाडीको कुच्चिएको भाग फोडेर नष्ट गरेपछि मात्र चालकलाई निकाल्न सकिएको थियो ।