जीवनभर महिला अधिकार का लागि लडियो । संसारलाई उछिन्दै नेपाली महिला आन्दोलनले शिखर चुम्यो । संविधान र कानुनमा समेत महिला आन्दोलन संस्थागत भयो परिणामस्वरूप मुलुकभर ठूलो संख्यामा महिलाहरु नीति निर्माणको तहमा आज इमान्दारिता साथ आफ्नो क्षमताले भ्याएसम्म काम गर्ने अबसर प्राप्त भएको छ । यसमा गर्भ लाग्छ ।

हिजोका आन्दोलनका डोबहरु ताजै छ्न बस्ती बस्तीमा पुग्दा नागरिकले भोगेका दुस्ख पीडा गरिबी अभाब र अनेकन समस्याहरु ताजै छ्न । उत्साहजनक ढङ्गले ठूलो अपेक्षा राखेर जनताले गरेको आन्दोलन र त्यसको सफलताले आफ्ना समस्या समाधान हुन्छ भनी देखिएका सपना सम्बोधन हुने तर्फ मुलुक उन्मुख भएको छ ।

तर अपेक्षा अनुरुप काम देखिन बाकी छ । लामो समय द्वन्द्व बाट गुज्रिएको मुलुकमा संघीयता हुर्कन समय लाग्ने रहेछ । यो अबस्थामा बिगत सम्झिए । म आफै पनि एउटा किसान परिवारको बुहारी भएर भोगेको गाउँले परिबेस र जीवन अनि मेरा नजिकका साथीसङी घाँस दाउरा मेलापात गर्दाका सहेलिहरुसँग आफुले ब्यबस्था परिबर्तन गर्न आन्दोलनमा लागेको कुरामा उनिहरु आनन्दित भएर सुनेको र आस्वस्त भएका दिनहरु सम्झन्छु । यिनै कुराले कहिले गलत र भ्रष्टाचार जन्य काम गर्न हात अगाडी सक्र्दैनन ।

मनले गलत गर्ने सोच्दैन । तर गलत र भ्रष्टाचारजन्य कार्य नियन्त्रण गर्न गारो र चुनौती पुर्ण हुदोरहेछ । अफ्ट्यारो भएको छ तर हार खाएकी छैन । म निरन्तर यसै अभियानमा लागिरहने छु । म जनता को मान्छे हु मेरो ब्यक्तिगत कुरालाई पन्छाएर जनता कै सेवामा काम गर्न मन लाग्छ । बेइमानी गर्नेसँग गलत कुरामा सम्झौता गर्नै सक्दिन । आधा कार्यकाल भन्दा बढी बित्यो इमान्दारिताको कसिमा आफैले आफैलाई परीक्षण गर्छु । फेल नभइ उत्कृष्ट हुने इमान्दार प्रयत्न निरन्तर गरिरहेकी छु भन्ने लागेको छ ।

म आफैमा सबै बिषय जानेर बुझेर आएकी होइन । आफुले गर्ने काम बारे पढेर बुझेर सिकेर अनि धेरै पटक सोचेर काम गर्ने गरेकी छु । कहिले काहीँ बिक्षिप्त हुन्छु पनि फेरि आफैलाई समाहल्छु । आफ्ना सहयात्री जनप्रतिनिधिहरु नगर प्रमुख र राजनीतिक अभिभावकहरुसँग सल्लाह परामर्श गर्छु । काम टिमवर्कले गर्ने हो । त्यसमा तागत हुन्छ । टिममा सल्ला मिलेको दिन खुसी लाग्छ । आज धेरै खुसी छु धेरै उत्साहित छु फुर्किएकी छैन थप जिम्मेवारी बोध गरेकी छु । निकै परिणाम मुखी काम हुने तर्फ उत्साहित र आशबादी पनि छु ।

तर्क र तथ्य बिहिन नकारात्मक ढङ्गले आलोचना गर्ने र कुरा काट्ने मित्रहरु प्रती पनि सोही अनुरुपको यथोचित धन्यवाद नदिरहन सकिदैंन । मलाइ बिश्वास छ आलोचना औषधि हो । निखार्न सहयोग पुग्छ । खडेरीमा फुलेको फुलको छुट्टै महत्व र सुगन्ध हुन्छ । (उपमेयर इटहरी उपमहानगरपालिका)