बिर्तामोड(ब्लाष्ट)  बिर्तामोड–४ को संजिवनी बचत तथा ऋण सहकारी संस्थाले पत्रकार महासंघकोे ‘पत्रकार सहारा उपचारकोष’ लाई २० हजार रुपैयाँ प्रदान गरेको छ ।

शुक्रबार बिर्तामोडमा संस्थाले सामुदायिक विकासकोष अन्तर्गतको रकम विभिन्न सामाजिक कार्यका लागि प्रदान गरेको छ । पत्रकार सहारा उपचार कोषका संयोजक तथा महासंघ झापाका उपाध्यक्ष एकराज गिरीलाई सो रकम संस्थाले हस्तान्तरण गरेको हो ।

यसैगरी संस्थाले हल्दिवारी गाउँपालिका–२ को श्री राष्ट्रिय एकता प्राविलाई ३३ हजार, बिर्तामोड–५ को कन्चनजंघा मार्गमा फूलका विरुवा रोप्न २५ हजार, बिर्तामोड–१० को श्री कृष्ण प्रणामी सत्संग सेवा परिषदलाई १५ हजार र बिर्तामोड–३ मा रहेको बिराट पोखरस्थित विराट ज्योती लिङ्ग मन्दिरलाई ११ हजार सहयोग प्रदान गरिने संस्थाका अध्यक्ष यामकुमार चुडालले जानकारी दिए ।

संस्थाले २०७६÷२०७७ माघ मसान्तसम्म २ करोड ४४ लाख २९ हजार ८ सय रुपैयाँ शेयर पुर्याउन सफल भएको सचिव मेघराज बास्तोलाले बताए । माइपूर्व कार्यक्षेत्र रहेको संस्थामा २ हजार ३ जना शेयर सदस्य रहेका छन् । संस्थाले सञ्चालन गर्दै गरेको पेन्सन बचत खाता लोकप्रिय रहेको अध्यक्ष चुडालले बताए ।