विराटनगर । अवैध लागूऔषधको कारोबारमा दम्पती संलग्न रहेको पाइएको छ । भारतबाट अवैध रूपमा नेपालमा ल्याएर अवैध रूपमा लागूऔषधको विक्री वितरण गर्ने गरेको पाइएको हो ।
मोरङ प्रहरीबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका – ११ बसपार्क २६ वर्षिये दिपेस श्रेष्ठ र उनकी २१ वपर्षिय श्रीमित तृष्णा श्रेष्ठलाई लागूऔषधसहित शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।
उनका अनुसार प्रहरीले पक्राउ परेको दम्पतीको साथबाट लुपिजेसिक, एभिल, डाईजोल्याप, नामक २ सय ६० पिस लागूऔषध र सिरिन्ज बरामद गरेको जानकारी दिए । पक्राउ परेका दम्पतीले भारतबाट अवैध रूपमा लागूऔषध खरिद गरेर पूर्वको विभिन्न स्थानमा विक्री वितरण गर्दै आएको प्रहरीको प्रराम्भिक चरणको अनुसन्धानबाट खुलेको छ ।
‘पक्राउ परेका दम्पतीले भारत गएर लागूऔषध ल्याएर लुकाइछुपाइ राखेको अवस्थामा चेकजाचको क्रममा प्रहरीले पक्राउ गरेको हो,’ डिएसपी राईले भने, ‘नेपाल ल्याएपछि उनीहरूले मङ्गो मुल्यमा विक्री गर्दछन् ।’ पक्राउ परेका दम्पतीले लागूऔषध प्रयोगकर्ता पनि रहेको प्रहरीको भनाई छ । ‘लागूऔषध सेवन गरेपछि कारोबार गर्ने उद्देश्यले लागूऔषध ल्याएको पनि पाइयो,’ डिएसपी राईले भने ।
यस्तै प्रहरीले बिहीबार पनि मोरङको बुढीगंगा गाउँपालिका – ६ स्थित लागूऔषध सहित दुई जना युवालाई पक्राउ गरेको छ ।
कोयलपुर चोकमा प्रहरी चौकीबाट खटिएको प्रहरीले टोलीले चेकिङ गर्ने क्रममा सुन्दर हरैचा नगरपालिका –११ का ३३ वर्षिय सुरेन्द्र राई र इटहरी उपमहानगरपालिका ५ का २६ वर्षिय मनिष परियारलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ । राईले चलाएको को १४ प ८६७९ नम्बरको मोटरसाइकमा सवार परियारको साथबाट एभिल १९ थान, फेरागन १९ थान, डाईजोल्याब २४ थान, लुपिजेसिक २४ थान, मोबायल ४ थान फेला पारेको डिएसपी राईले जानकारी दिए । पक्राउ परेका चारै जनालाई मोरङ अदालतमा म्यात थप गरि अनुसन्धान सुरू गरेको डिएपी राईले बताए ।
केही दिन अगाडी तस्करीमा लागेका गिरोहले अवैध लागूऔषध तस्करीमा बालवालिकाको प्रयोग गराउँने गरेको पाइएको थियो । बखरी प्रहरी चौकी विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतको जोगवनिबाट लागूऔषध टेपले शरिरमा बाँधेर ल्याएको अवस्थामा एक बालकलाई सोमबार पक्राउ गरेपछि यस्तो रहस्य खुलेको थियो । पछिल्लो समय लागूऔषध दुव्र्यसनीमा युवाहरूको संख्यामा पनि वृद्धी आएको छ ।