बिर्तामोड  / झापाको बिर्तामोडमा लामो समयदेखि जुवा खेलाइरहेको ठाउँमा प्रहरीले छापा मारी ६ जनालाई नगदसहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीले ६ जना जुवाडेसहित करिव १ लाख रुपैंयाँ बरामद गरेको जनाएको छ ।
बिर्ताबजार पूर्व मण्डामिल उत्तर कोपिला लिम्वूको घरमा छापा मारेर प्रहरीले प्रल्हाद चुडाल, डम्बर मगर, दिपेश क्षेत्री, कान्छा राई र बिशुलाल मेचेलाई नगदसहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी मुकुन्द रिजालले घटनाको पुष्टि गर्दै ६ जना पक्राउ परेको जानकारी दिएका छन् ।
बिर्तामोडका प्रतिष्ठित व्यवसायीहरु जुवाखालमा भेटेपछि प्रहरी आएको थाहा पाउनासाथ भागेका थिए । उनीहरुले प्रयोग गरेको एउटा गाडी र सात वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । जुवाखालबाट नगद नेपाली ९८ हजार र भारतीय एक हजार रुपैयाँ बरामद भएको डीएसपी रिजालले जानकारी दिए । नियमित कौडा खेलिने गरेको सूचनाका आधारमा प्रहरी लिम्वूको घरमा खानतलासी गरेको थियो । प्रहरीले पक्राउ परेकालाई बिहीबार म्याद थप गरी अनुसंधान शुरु गरेको जनाएको छ ।