देउराली । प्रसुती गराउन ल्याइएकी आमा र उनको गर्भमा रहको शिशुको मृत्यु पछि आक्रोशित बनेका आफन्तहरुले दुइ चरणमा गरेको वार्ताले पनि कुनै निचोड ननिकालेपछि सहमती बिनै शव बुझेका छन् ।

मंगलबार वीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानको प्रसुती वार्डमा ल्याइएको इटहरी ४ हलगडाकी २५ बर्षीय लक्ष्मी बुढाथोकी र उनको पेटमा रहेको बच्चको बुधबार राती मृत्यु भएपछि उपचारमा लापरवाही भएर आमा र बच्चा दुवैको मृत्यु भएको भन्दै दोसीलाई तत्काल कारबाही र परिवारलाई क्षतिपूति हुनुपर्ने मागसहित आफन्तले अस्पताल प्रशासन र गाइनो विभागका चिकित्सकहरुसँग तथा प्रतिष्ठानका पदाधिकारीबीच भएको छुट्टा छुट्टै छलफलमा सहमती जुट्न नसकेपछि उनिहरुले शव विना शर्त वुझेको अस्पताल सहायक निर्देशक डा.विकास साहले बताएका छन् ।

प्रतिष्ठानका पदाधिकारीको रुपमा कार्यवाहक उपकुलपति डा. गुरु खनाल संगै पिडित पक्षसंग वार्तमा रहेको साहले पडित पक्षले लापरवाही भएको दाबी गर्दै उपचारमा संलग्न डाक्टरहरुलाई तत्काल कारबाही गरीनु पर्ने र क्षतिपूर्ति पनि पाउनुपर्ने माग गरेको बताउदै उनले भने ‘ हामी सरकारी संस्था भएकोले अहिले सम्म त्यस्तो आर्थिक क्षतिपूर्ति दिने हाम्र नियम मा छैन । लापरवाहि गरेको हो हैन भनेर छनविन समिती बनाउने हामीले प्रस्ताव गरेका थियौं । पछि वहाँहरु हामीलाई झल्याउन मात्र खेजेको हो भन्दै जानुभयो थप कुनै कुरा भएन शव ३ः ३० बजे नै लागुभयो ।’

दुइ चरणको वार्ता पछि पनि कुनै निचोड नआएपछि शव बुझेका आफन्तहरुबाट शव बुझेको विषयमा भने कुनै जानकारी प्रप्त भएको छैन ।