ब्लाष्टखबर । नेकपा मालेका महासचिव तथा पूर्व उपप्रधानमन्त्री सीपी मैनाली सडक दुर्घटनामा परि घाइते भएका छन् ।
परिवारसहित झापाबाट काठमाडाैं तर्फ जादैगरेका मैनाली चढेको बा ४ च २१२० नम्बरको कारलाई बर्दिबासस्थित वीपी राजमार्गको कालापानीमा विपरित दिशाबाट आइरहेको ना ४ ख ७६६८ नम्बरको पिकअफ भ्यानले ठक्कर दिदा मैनाली सहित उनका ३० बर्षीय छोरा सरोज , बुहारी पूजा , ५ बर्षीय नाति एन र चालक रामप्रसाद पौडेल घाइते भएकाे जनाइएकाे छ।
दुर्घटनामा मैनाली र बुहारी पुजा गम्भीर घाईते भएको ईलाका प्रहरी कार्यालय बर्दिवासले जनाएकाे छ ।
उनिहरूकाे बर्दिबासको जनसेवा अस्पतालमा प्रथमिक उपचारपछि काठमाडाैं पठाइएकाे प्रहरीले जनाएकाे छ ।






























