Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अर्थ
  • केन्द्रीय प्रसारण लाइनको सफल परीक्षण

केन्द्रीय प्रसारण लाइनको सफल परीक्षण

alt
  • फागुन १५, २०७६
  • ब्लाष्ट खबर

रुकुम । रुकुम (पूर्व) को सदरमुकाम रुकुमकोटमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनको सफल परीक्षण गरिएको छ । रुकुमकोटसम्म केन्द्रीय प्रसारण लाइनको सबै तयारी पुरा भएपछि गरिएको परीक्षण सफल भएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र रुकुम (पूर्व)का प्रमुख युवराज रावतले जानकारी दिए ।

उनका अनुसार रुकुम पश्चिम मुसिकोट नगरपालिका घोरखानीदेखि रुकुम पूर्वको सदरमुकाम रुकुमकोटसम्म ११ केभिएको प्रसारण लाइनको पोल गाडने, तार जोडने, स्टेक राख्ने, ट्रान्सफर्मर जडान गर्नेलगायतका सम्पूर्ण निर्माण कार्य सम्पन्न भएकाले विद्युत्को परीक्षण गरिएको हो । नेपाल विद्युत् प्राधिकरणले सिस्ने गाउँपालिका वडा नं ५ र ६ का लागि दुई ठाउँमा ५०/५० केभिएको ट्रान्सफर्मर जडान गरेको छ । प्राधिकरणले वडा नं ५ का लागि कमलदहको मूल गेट नजिकै र वडा नं ६ का लागि ट्राफिक चोक नजिकै ट्रान्सफर्मर जडान गरेको प्रमुख रावतले बताए ।

उनका अनुसार कमलदहमा राखेको ट्रान्सफर्मरबाट वडा नं ५ को चिउरेनी, कमलदह, बाहुनठाना, चोकबजार, टाकुरालगायतका स्थानमा विद्युत् प्रवाह हुनेछ । यसैगरी ट्राफिक चोकमा राखेको ट्रान्सफर्मरबाट छिप्रिदह बजार, बाहुनडेरा, ढकालबारा, पाखागाउँलगायतका स्थानमा विद्युत् प्रवाह हुनेछ । रुकुमकोट उपत्यकाभरि २०४५ सालमा जडान गरेका पोल र तारबाट विद्युत् विस्तार गर्ने गरी काम भइरहेकोे छ भने पोल तार नपुगेका ठाउँमा नयाँ थप्ने काम भइरहेको प्राधिकरणले जनाएको छ ।

विद्युत् परीक्षणका क्रममा विद्युतीय दुर्घटना हुनसक्ने भएकाले सचेत रहन सबैमा आग्रह गरिएको छ । अबदेखि घोरखानीदेखि रुकुमकोटसम्म नियमित विद्युत् प्रवाह हुने भएकाले सो क्षेत्रका पोल, तार, स्टेक, ट्रान्सफर्मरलगायत विद्युतीय संरचनामा नजिक नजान, नछुन र आफ्ना बालबालिका तथा पशुचौपायालाई जथाभावी नछोड्न पनि प्राधिकरणले सबैमा आग्रह गरेको छ ।

रुकुमकोटसम्म केन्द्रीय प्रसारण लाइनको विद्युत्को सफल परीक्षण गरिएको भए पनि घरघरमा बत्ती बाल्न भने अझै केही दिन कुर्नुपर्ने देखिएको छ । विद्युत्को सफल परीक्षण गरिएको भए पनि सबै प्रक्रिया अझै नपुगेकाले घरघरमा बत्ती बाल्न अझै केही दिन लाग्ने प्राधिकरणले जनाएको छ ।

सम्बन्धित समाचार
झापा महिला गोल्डकपः नेपाल पुलिस क्लब विजयी

भद्रपुर । झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । सोमबार भ ...

वैकल्पिक विमानस्थल प्रयोग गर्ने वातावरण बनाऊ

नेपालले हवाई उड्डयन पूर्वाधारमा ठूलो लगानी गरी अन्तर्राष्ट्रिय विमानस्थलहरु ...

आजको राशिफलः २०८२ साल असोज २५ गते मङ्गलबार

श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल कात्तिक २५ गते मङ्गलबा ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
होटलमा लगेर मुख्यमन्त्रीको सपथ, विपक्षीद्वारा प्रदर्शन र तोडफोड
झापा महिला गोल्डकपः नेपाल पुलिस क्लब विजयी
वैकल्पिक विमानस्थल प्रयोग गर्ने वातावरण बनाऊ
आजको राशिफलः २०८२ साल असोज २५ गते मङ्गलबार
दुव्र्यसनबाट बचाउन सीमाका विद्यालयमा एपीएफको कक्षा
जिल्ला फुटबलको उपाधि ज्वालामुखी र प्रभातलाई
बाल सुधार गृहमा आतङ्क मच्चाउने ६० जनालाई सारिँदै
एजेन्टकै मिलेमतोमा साढे ६ लाख राजस्व छली
कुटपिटबाट मृत्युपछि सञ्चालकसहित नौ पक्राउ
इटहरीमा ‘नामी भिगो’ कार सार्वजनिक
कटहरी रेलमार्गमा नयाँ आशा
आजको राशिफलः २०८२ साल कात्तिक २४ गते सोमबार
कटहरीमा रेलमार्गको अन्तिम स्टेशन निर्माणले गति लियो
२५७ केजी गाँजा बरामद
पूर्वमन्त्री अफताव आलमको निधन
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved