मधुमल्ला । दक्षिणी इलामको चुलाचुली गाउँपालिका वडा नं. ६ मा पर्ने धार्मीक तथा पर्यटकीय क्षेत्र कुइनेटारमा रहेको ओमकारेश्वर शिव मन्दिरको पुन निर्माण गरिने भएको छ । यस आर्थिक बर्षमा उधोग पर्यटन, वन तथा वातावरण मन्त्रालय पर्यटन विकास आयोजना प्रदेश नं. १ बिराटनगरले ओम कारेश्वर शिवमन्दिर पुन निर्माणका लागि २० लाख रुपैया बिनियोजन गरेको छ ।

कुइनेटार क्षेत्र पछिल्लोे समय मोरङ मिक्लाजुङ र दक्षिणि इलामको चुलाचुली गाउँपालिकाको मुख्य धार्मीक पर्यटकीय गन्तव्य बन्दै गएको छ । कुइनेटर धार्मीक पर्यटकीय गन्तव्यमा विकाश भइरहँदा त्यहि स्थानमा रहेको ओमकारेश्वर शिव मन्दिर भने जिर्ण बन्दै गएको थियो । जिर्ण पनि यति सम्मकी छत थाम्मने पिल्लरको सबै गिट्टी बलुवा निस्कीएर रड मात्र देखीन थालेको थियो । छतलाई भने बाँसको टेका लगएर अड्याइएको प्रस्ट संग देखीने भएको थियो ।

पछिल्लो समय मिक्लाजुङ र चुलाचुली गाउँपालिकाको मुख्य पर्यटकीय क्षेत्रको रुपमा परिचत हुँदै आएको कुइनेटर लाई पर्यटकीय गन्तव्य बनाउन दुई स्थानीय तह लागिरहेकाछन । ओमकारेश्वर मन्दिरको जिर्ण बन्दै गएको र त्यसलाई मध्यनजर गरी मन्दिरलाई पुन निर्माण गर्न लागिएको कुइनेटार धार्मीक पर्यटकीय उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण पौडेलले बताए । मन्दिरको नक्सा निर्मार्णको काम भइरहेको र अब छिट्टै नै निमार्ण कार्य अघि बढने पौडेलले बताए ।

कुइनेटारलाई धार्मीक पर्यटकीय क्षेत्रको रुपमा विकाश गर्न हालको अवस्था सम्म आइ पुग्न ओमकारेश्वर शिव मन्दिरको मुख्य भुमिका रहेको स्थानीय कबि तथा साहित्यकार रुद्र भण्डारी बताउँछन ।
कुनै सयम यस्तो थियो कि ओमकारेश्वर मन्दिरको आसपासमा कुनै पनी घरहरु थिएनन् । मानब बस्ति नभएको ठाउँमा व्यापार व्यवसाय हुने त कुरै भएन । बि.स. २०५४÷५५ मा त्यस स्थानमा नुनसरी खोलाले कटान तिब्र बनायो । खोलाको पुर्वी किनार बाट साविक साकफारा गा.विस.को वडा नं २ र मधुमल्ला गाविस को वडा नं. ३ मा सिचाइका लागि नहरहरु संचालनमा समेत ठुलै जटिलता आयो ।

दिन दिनै खोलामा गएर पानीको मुहानमा एउटा ठुलो ढुङ्गा थियो । त्यस ढुङ्गालाई नियालेर हेर्दा त्यसमा भगवना शिवको प्रतिमा स्थानीय समाजसेवी लालबहादुर बोहोराले देखे र त्यो कुरा अरुलाई सुनाए । स्थानीयले खोलाको मध्यभागमा भगवान शिवको प्रतिमा भएको शिलालाई पुर्व किनारमा निकाले । त्यस शिलामा ॐ आकार समेत देखीएकाले मन्दिरको नाम ओमकारेश्वर रहेको स्थानीय समाजसेवी रुद्रबहादुर बस्नेत बताउँनु हुन्छ । त्यस पछी ओमकारेश्वर शिव मन्दिरको स्थापना समिति गठन भयो । सोही समितिले हाल सम्म सो मन्दिरको रेखदेख र संरक्षण गरिरहेको मन्दिर व्यवस्थापन समिति अध्यक्ष रुद्र बहादुर बस्नेतले बताए ।

मन्दिर निर्माण भए संगै त्यस ठाउँमा यात्रीहरुका लागि प्रतिक्षलय मन्दिरमा सटाएर दताहरुले आफ्ना पीत्रीहरुको स्मीतीमा निर्माण गरिदिए । सामान्य आकारबाट निर्माण सुभएको मन्दिर २–४ कोठाको प्रतिक्षालय सम्म बन्यो ।

मनमोहक र हरियाली बातावरण पुर्व तर्फ इलाम पशिचम र दक्षिण तर्फ मोरङ हरिया फाँटहरु र संगै इलाम, पाँचथर हुदै बग्दै आउने कलकल निलो संङ्लो पानी त्यो सुन्दर र मनोरम बातावरणले एक पटक कुइनेटार पुग्नेको मनै लोभ्याउँछ । प्रककृतीक रुपमा शुन्दर रहेको सो ठाउँमा मन्दिर निर्माण भए सगै उर्लाबारी, दमक, पथरी आसपास बाट स्थानीय पर्यटकहरु बनभोज खान र फुर्सदको समयमा मनभुलाउन आउन थाले ।

पर्यटकहरुको आवागमन संगै कुइनेटारमा पहिलो पटक शिक्षक रेवती श्रेष्ठले खोला पश्चिमको स्थानमा आगन्तुकहरुलाई सेवा दिने उदेश्यले सामान्य होटल व्यवसायको सुरुवात गरे । साथै त्यस ठाउँको नाम पनी कुइनेटर भनी नामाकरण गरे । त्यस भन्दा पहिले उक्त स्थान नुनसरी खुँडीको नामले परिचित थियो । अहिले पनी कतिपय स्थानीहरुले कुइनेटारलाई खुँडी भनेर बोलाउने गर्दछन । अहिले कुइनेटरमा करिब एक दर्जनको हाराहारीमा होटल संचालनमा छन ।

यस्तै मन्दिरको उत्तर तर्फ लगाएको झोलुङ्गे पुलले कुइनेटरको शौन्दयमा शुनमाथि सुगन्ध थपेको छ । अहिलो सो स्थनमा सयौंको संखयामा आन्तिरीक पर्यटकहरु आउने गरेको स्थानीय होटल व्यवसायी विकेन राईले बताए । यस्तै मिक्लाजुङ गाउँपालिकाले कुइनेटार धार्मीक पर्यटकीय क्षेत्रबाट मिक्लाजुङ २ मा पर्ने धार्मीक पर्यटकीय क्षेत्र चुली पोखरी सम्म पदमार्ग निर्माणको कामलाई समेत तिब्रता दिएको छ ।

यसले मिक्लाजुङ र चुलाचुलीमा पर्यटन अगमनमा वृद्धी समेत भएका मिक्लाजुङ गाउँपालिका वडा नं. २ का वडाध्यक्ष गौरी प्रसाद राईले बताए ।