ब्लाष्टखबर । भोजपुरको रामप्रसाद राई गाउँपालिकामा भर्खरै विवाह गरेका श्रीमान श्रीमतीले आत्महत्या गरेका छन् ।
गाउँपालिकाको ५ नम्बर वडा स्थित माने भञ्ज्याङ्का २३ बर्षीय दिलकुमार बुढाथाेकी र उनकी २७ बर्षीय श्रीमती सम्झना राई (बुढाथोकी)ले सोमबार घर नजिकैको खनिउको रुखमा झुण्डीएर आत्महत्या गरेका हुन् ।

दोस्रो विवाह गरेका दुबैले परिवार र आमा बुबाका लागी केहि गर्ने इच्छा हुदा हुदै पनि केहि गर्न नसकिएकोले आत्महत्या रोजेको उल्लेख गरिएको आत्महत्या गर्न अघि लेखेकाे सुसाइड नोट घटना स्थलमा भेटिएको गाउँपालिका अध्यक्ष विजय राईले जानकारी दिए । 

राइका अनुसार  दुबैले आपसी सहमतीमा प्रेम गरेका थिए । दिल कुमार र सम्झना दुबैको दोस्रो विवाह हो । सम्झनाको जेठा श्रीमान पटीको एउटी छोरी छ । उ फरक क्षमता भएको जस्तो भएकाले र सानै भएकाले पनि हुनसक्छ । जेठा श्रीमानबाट छोरी सम्झनालेनै हेर्नु पर्छ भन्ने कुराहरु भैरहको थियो तर उनिहरुसंग सल्लाह भएको थिएन । आत्महत्या गरेको उनले पुष्टी गरेका छन् ।

गाउँपालिका अध्यक्ष राईले उनीहरुले लेखेको सुसाइड नोटका आधारमा केहि आन्तरिक तनावमा दुबै विच सहमतीमा नै आत्महत्या भएको हुनसक्ने बताएका छन् । दुबैको शबलाई पोष्टमार्टम पछि दहासंकार पनि गरिएको राईले जानकारी दिएका छन् ।