नयाँ दिल्ली  / भारतमा सोमबारदेखि भएको हिंसामा अहिलेसम्म १७ व्यक्तिको मृत्यु भएको छ। पूर्वी दिल्लीको गुरु तेगबहादुर अस्पतालका अधिकारीका अनुसार हिंसामा हालसम्म १७ जना व्यक्तिले आफ्नो ज्यान गुमाएको भारतीय सञ्चार माञ्यम दैनिक जागरणले जनाएको छ । २६ फेब्रुअरीको मध्यरात सुनुवाइको बेला, दिल्ली उच्च अदालतले हिंसामा घाइते पीडितलाई सुरक्षा प्रदान गर्न र उनीहरूलाई तत्काल आपतकालिन उपचार सुनिश्चित गर्न दिल्ली पुलिसलाई निर्देशन दिएको छ। मंगलबार, यमुनापारमा नागरिकता संशोधन ऐन (सीएए) मा भएको दंगाको तेस्रो दिन, पुलिस आयुक्त अमुल्या पटनायकले दंगालाई गोली हानी आदेश दिएका थिए । यसको प्रभाव राती देखि नै परेको थियो । बुधबार पनि हिसां जारी रहेको थियो ।
घटनामा कैयौँ प्रहरीसहित डेढ सय मानिस घाइते भएका बताइएको छ । लाठी र ढुङ्गा बोकेका भिडले कुटपिट गर्दै हिँड्ने हिन्दूवादी समूहसँग सम्बन्धित नारा लगाएका छन्।

हिंसाले साम्प्रदायिक स्वरूप ग्रहण गरिरहेको छ। हिन्दू र मुस्लिम भिडबीच झडप भएका छन्। पसल तथा घरहरू जलाइएका छन्। पत्रकारहरूमाथि पनि हमला भएका छन्। उनीहरूलाई दङ्गाको दृश्य भिडिओ नखिच्न चेतावनी दिइएको विविसीले जनाएको छ ।
भारतका गृहमन्त्री अमित शाहले शान्तिको अपिल गरेका छन्। गृहमन्त्रालयले उत्तेजक बयानबाजी नगर्न चेतावनी दिएको छ तथा दिल्लीको छिमेकी राज्यहरू उत्तर प्रदेश र हरियाणासँगको सिमानामा निगरानी बढाएको छ।