देउराली । आत्माहत्या गर्न दुरूत्साहन गरेको अभियोगमा ईलाका प्रहरी कार्यालय बेलबारी दुई जनालाई पक्राउ गरेको छ ।

गत फागुन ८ गते आत्महत्या गरेकी सुन्दरहरैचाकी प्रीति तिम्सिना(अधिकारी) लाई आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै सुन्दरहरैचा ६ का १९ वर्षीय संचिता निरैला र सुन्दरहरैचा ४ की ऋषीराम भट्टराईलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका दुबैलाई  मंगलबार प्रहरीले सार्वजनिक गरेको छ ।

घटना स्थलमा प्रहरीले आफूलाई आत्मत्या गर्न दुरुत्साहन गरिएको लेखिएको सुसाइड नाेट फेला पारेसंगै उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सुसाइड नोटमा ऋषिरामले dazzling queen फेसबुक आईडी प्रयोग गर्ने दिपा नाम गरेकी केटीले नकरात्मक गोप्य फोटो सामाजिक संञ्जालमा हालीदिने भन्दै ब्लाकमेलीङ् गरेर पैसा असुल्ने गरेकोले आफू आत्महत्या गर्न बाध्य भएको उल्लेख गरिएको छ ।

सुन्दर हरैचा मै घर भए पनि श्रीमान र २ वर्षीय छोरीसंग भाडामा बस्दै आएकी उनीबाट ऋषिरामले यस अघि पनि गोप्य फाेटाे सार्वजनिक गरिदिने भन्दै ब्लाकमेलिङ् गरेर ५ हजार रकम लिएको खुलेको इलाका प्रहरी कार्यालय बेलबारीका मुद्धाफाटका सइ रमेश प्रधानले जानकारी दिए । 

प्रीतीले आत्महत्या गर्नु अघि पनि त्यसरीनै ब्याकमेलिङ् गर्दै पैसा मागेपछि आफुसंग प्रसा नभएकोले बाच्ने इच्छा हुदाहुदै पनि मर्न बाध्य भएको सुसाइट नोटमा उल्लोख भएको सइ प्रधानले बताए । उनले भने ‘ त्यस दिन पनि ५ हजार मागेको रैछ इटहरीको गोर्खा डिपाटमेन्ट अगाडी पैसा लिएर आउनु भनेको रैछ पैसा नभए पछि आफ्नो गोप्य फोटो सार्बजनिक हुने भए पछि आत्महत्या गरेको सुसाइट नोटमा लेखेको छ ।’

प्रहरीले पाएको उक्त सुसाइट नोटमा उल्लेख गरीएको dazzling queen फेसबुक आइडी प्रयोग गर्ने दिपा भनिने ऋषिराम आफै भएको  र पैसा लिन संजिता निरौला गएको भन्ने अनुसन्धानमा खुलेपछि उनीहरूलाई  पक्राउ गरिएको प्रधानले बताए ।

निराैलाले भने भारत नेटवर्किङ विजनेस ओरियन्समा लगाईदिने वहानामा मृतक प्रीति रकम लिनुपर्ने भएकाले उक्त पैसा लिएर आउनु भनेकाले आफू पैसा लिन गएको बताएकी छिन् । आरोपित भट्टराई नेटवर्किङ विजनेस ओरियनसमा सकृय रहेको र आफुलाई पनि लाग्न प्रलोभन देखाउने गरेको निराैलाको भनाई रहको छ ।

प्रहरी नियन्त्रणमा रहेकी लुइटेलका अनुसार घटनाको आरोपित भट्टराई नेटवर्किङ विजनेस ओरियनसमा सकृय रहेको र आफुलाई पनि लाग्न लोभ देखाएको बताएकी छिन । पक्राउ परेका उक्त व्यक्तिहरु माथी म्याद थप गरि थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।