देउराली । मर्चरीमा राखिएको शव आफु खुशी अन्यत्र सारि शव नै पहिचान गर्न नसकिने अवस्थामा पुर्याएको भन्दै शव अन्यत्र सारिनुको कारणसहित दोषीलाई कारवाहिको माग गर्दै मृतकका आफन्तले इलाका प्रहरी कार्यालय धरान र वीपी कोइरालास्वास्थ्य विज्ञान प्रतिष्ठानलाई निवेदन दिएको छ । शनिबार फानुन ८ गते मर्चरीमा राखीएको धरान–१७ रत्न चोकका कुलबहादुर लिम्बुको शवलाई दाहसंस्कारका लागि लिन पुगेका आफन्तहरुले बेवारीसे अवस्थामा फेला पारेपछि आक्रोशित बनेका थिए । आक्रोशित आफन्तहरुलाई इलाका प्रहरी कार्यालय धरानका डिएसपी, ढुण्डीराज न्यौपाने, धरान उपमहानगरपालिकाका मेयर तिलक राई, १८ नं.का वडा अध्यक्ष प्रविण राईलगायतले गल्ती गर्ने कर्मचारीलाई कारवाहीका लागि प्रशासनसँग कुरा गर्ने प्रतिवद्धता जनाए पछि शवकाे अन्त्येष्टिका लागि लगिएकाे थियाे । पैसा तिरेर प्रतिष्ठानको मर्चरीमा राखेको भएपनि शव अन्यत्र सारिएपछि पहिचान गर्न नसक्ने अवस्थामा पुगेको भन्दै आक्रोशित आफन्तहरुले शव किन सारियो ? कस्ले सारेको हो ? भन्दै सार्ने कर्मचारीलाई उपस्थिती गराई कानुनी कारवाहिको माग सहित आज (आइतवार) प्रतिष्ठान र इलाका प्रहरी कार्यालयमा निबेदन दिने भएका छन्् । शव कसरी अन्यत्र सारियो भन्नेबारे जानकारी नभएको प्रतिष्टानका निर्देशक डा. गौरिसंकर साहले बताएका छन् । उनले पिडितहरु संग छलफल हुने र छानविन समिति बनाएर घटनाको छानविन गर्ने जानकारी गराएका छन् । उनले भने ‘ आज वहाँहरु आउदै हुनुहुन्छ, वहाँहरुसंग छलफल हुन्छ अनि के गर्ने भन्ने टुङ्गो लाग्छ । छलफलपछि घटना कसरी भयो भन्नेर पत्तालगाउन छनविन समिती बन्छ ।'