उर्लाबारी / उर्लाबारी–३ मा एक करोड ५० लाखको लगानीमा ड्रिम्स होटल सञ्चालनमा आएको छ । होटलको महाशिवरात्रीको अवसरमा शुक्रबार उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग फागोले उद्घाटन गर्दै ठूला किसीमका होटल संचालनमा आउनु नगर समृद्ध भएको संकेत हुने बताउदै“ आन्तरिक र वाह्ीय पर्यटकलाई प्रदान गरीने सेवा सुविधा पनि गुणस्तरिय पार्न निर्देशन गरेका छन । सोही अवसरमा नगरको शान्ति सुरक्षामा थप सुधार गरी रात्रीकालिन बजार संचालन गर्ने वातावरणको लागि नगरपालिका गृहकार्यमा रहेको समेत बताए ।

सो होटलका अध्यक्ष पूर्णसिंगक लिम्बूले होटलले प्रदान गर्ने सेवा सुविधा गुणस्तरियहुने बताए । उर्लाबारीका युवा व्यवसायी पूर्णसिंगक लिम्बू, उदयचन्द श्रेष्ठ, टिका राजभण्डारी, बोधराज श्रेष्ठ र पदम राईको संयुक्त लगानीमा पारिवारीक वातावरणमा भएको सो होटल नगरको उत्कृष्ट मध्येको एक भएको उद्घाटनको अवसरमा जानकारी गराईएको छ ।

होटलमा अर्गानिक आधुनिक च्याउ उद्योगका ३१ परिकारहरु तथा विभिन्न देशका खानाहरु उपलब्ध गराईने होटलका अध्यक्ष लिम्बुले बताएका छन । डिलक्स र स्व्टि गरी १५ वटा कोठा सहित सेमीनार हल र कार्यक्रमको लागि स्टे्ज सहित पार्कीङको लागि प्रयाप्त जग्गा रहेका छन । सो होटलमा स्थानिय १५ जनाले रोजगारी पाएका छन ।