सुनसरी । इटहरीमा सञ्चालित सुनसरीको सेन्ट जेभियर्स सेकेण्डरी बोर्डिड स्कुलका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको छ । विद्यालय परिसरमा विहीबार एक कार्यक्रमका बीच पुरस्कार प्रदान गरिएको हो ।

विद्यालयका संस्थापक प्रिन्सिपल कविन्द्र मण्डलको अध्यक्षता भएको कार्यक्रम खेदकुद तर्फ विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । स्थानीय समाजसेवी कविन्द्र केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यार्थीहरुले सप्ताहव्यापी कार्यक्रममा आयोजना गरिएको खेदकुद प्रतियोगिताका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।