धरान/ बलिउड स्टार साहरुख खानकी छोरी सुहाना खानले पनि फिल्म क्षेत्रमा डेब्यु गरेकी छन् ।

तर, उनले डेब्यु गरेको फिल्म भने फिचर फिल्म नभएर सर्ट फिल्म हो । करिब १० मिनेटको फिल्ममा सुहाना देखिएकी हुन् । थोडोरो गिमोनाको निर्देशनमा बनेको ‘दी ग्रेट पार्ट अफ ब्लु’ युट्युबमा रिलिज गरिएको छ ।

निर्देशक थोडोरोले भनेका छन्, ‘फिल्म रिलिज गर्न पाएकोमा खुशी छु, यो फिल्मका लागि सबैसबै धन्यवादका पात्र छन्, सबैले उत्कृष्ट प्रस्तुति दिएका छन् ।’

सुहाना स्याण्डीको भूमिकामा देखिएकी छन् । फिल्म रिलिजबारे ट्वीटरमासमेत जानकारी गराइएको छ । जहाँ ट्वीटर प्रयोगकर्ताले ‘सुहानाको अभिनय आफ्नो बुबाको जस्तै दमदार गरेको’ भनी प्रतिक्रिया दिएका छन् । फिल्ममा उनका अलावा अर्काे पात्रको रूपमा रोविन गोन्नेला रहेका छन् ।

त्यसो त अब साहरुखकी छोरी सुहानाले नयाँ फिचर फिल्ममा डेब्यु गर्न लागेकी छन् । उनलाई करण जौहरणले रिल लाइफमा ल्याउन लागेका हुन् । करण जौहरले केही समयअघि नै उनलाई ‘स्टुडेण्ट अफ दी इयर–३’ मा ल्याउने घोषणा गरेका छन् ।