मधमल्ला /  मोरङको मिक्लाजुङ गाउँपालिका स्थानीयबासिहरुले बस्तीलाई समेटेर राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्ग निर्माणमा पहल गरिदिन भन्दै ४ हजार दुई सय जना स्थानीयहरुको जनताको हस्ताक्षरसहित प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएका छन ।
आइतबार गृह जिल्ला आएका प्रधानमन्त्री ओलीलाई भेटेर ज्ञापनपत्र बुझाइएको पहल समिति संयोजक गंगा घिमीरेले जानकारी दिए । झापाको बाहुनडाँगीदेिख पश्चिमको डढेलधुरा सम्म जोड्ने राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गले मोरङका मिक्लाजुङ गाउँपालिका क्षेत्रमा बस्ती नसमेटी चारकोशे झाडी फडानी गर्दै राष्ट्रिय गौरबको आयोजना निर्माण गर्न लागिएको भन्दै मिक्लाजुङ क्षेत्रमा बिगत लामो समय देखि त्यसको बिरोध हुँदै आएको छ ।
मोरङको मिक्लाजुङ गाउँपालिका खण्डमा मानब बस्तिलाई बाइपास गरी जंगलबाट राष्ट्रिय गौरवको आयोजान निर्माण प्रक्रिया अगाडि बढाएको भन्दै सो को मिक्लाजुङ क्षेत्रमा चर्को बिरोध हुदै आएको छ । राष्ट्रिय गौरबको आयोजना मानब बस्तिलाई छुटाएर लान नहुने र सो रेखाङुकन सच्याउन भन्दै मदन भण्डारी राजमार्ग रेखाङ्कन सच्याउने संर्घस समिति गठन भएको छ । गत माघ २७ गते मिक्लजुङमा गउँपालिका वडा नं. ३ मा भएको एक सार्वजनीक भेलाले स्थानीय गंगा घिमीरेको संयोजकत्वमा ४३ सदस्यिय संघस समिति गठन गरेको भएको थियो ।
बार्ता वा छालफलको माध्यम बाट सामस्याको सामधान नभए यसले गम्भिर समस्या निम्त्याउने संघस समिति सचिब गणेश भट्टराई बताउँछन ।
संघष समितिले एक साता अघि मिक्लाजुङ गाउँपालिका समेत समस्या सामधानमा पहल गरिदन आग्रह गर्दै ज्ञापन पत्र बुझाएको थियो । ज्ञापन पत्रमा राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको मदन भण्डारी राजमार्गले साविक टाँडीका २० हजार भन्दा बढी जनसंख्यालाई वेवास्ता गर्दै सेवाबाट बिमुख गारउन खोजेको भन्दैे बिरोधसहितको ज्ञापनपत्र बुझाएको थियो ।