धरान / नेपालीमुलका दिवेश पोखरेलले स्ट्यान्डआउट प्रदर्शनका लागि अमेरिकी आइडलको १७ औं अडिसन राउन्डमा गोल्डेन टिकट जित्न सफल भएका छन् ।

अमेरिकन आइडलको १८ औं सत्रको पहिलो एपिसोडमा, एक वास्तविकतामा आधारित गायन कार्यक्रममा उनले सबैबाट प्रसंसासमेत बटुल्न सफल भए । उनले स्टेजमा दिएको उत्कृष्ट गायनले जर्ज र र श्रोताको मन जित्न सफल भएका छन् ।

काठमाडौंका पोखरेलले पेरी, लियोनेल रिची र ल्यूक ब्रायनु तीन जना जर्जलाई प्रभावित बनाए । उनले वोब्व डाइल्यान्सको 'गल्स फ्रम दी साउद कन्ट्री' र 'ह्याव यु इभर सिन द रेन’ गाए । उनको रक शैलिमा कर्णप्रिय स्वरले गोल्डेन टिकट पाए । 

'तिमी रकस्टार छौं', जर्ज पेरीले उनको प्रदर्शन सुनेपछि भनिन । सबै जर्जहरू उसको गाउने प्रतिभाबाट प्रभावित भए ।
२१ वर्षीया पोखरेल पाँच बर्ष अघि अमेरिकाको कान्सासको विचिटामा संगित सिक्दैं आएका थिए । उनले हाल आफ्नो यूट्यूब च्यानलका लागि नेपाली गीतहरू उत्पादन गरि गाउदै आएका छन् । उनको ‘न्यानो घर’ ले ६ हजार के लाइक पाएको छ ।

गायन प्रतियोगिताको सीजन प्रीमियर पछि, उनको ऑडिशन क्लिप सोशल मिडियामा भाइरल भएको छ । धेरैले उनको गहिरो आवाजको प्रशंसा गर्दैआएका छन् ।

मिशिगनको डेट्रोइटमा अडिसन दिने पोखरेल अर्को चरणको लागि हलिउड जाने छन् । जहाँ उनी अन्य प्रतिस्पर्धीहरूसँग प्रतिस्पर्धा गर्ने छन्। अमेरिकी संगितको यो प्रतियोगितामा नेपाली मुलको युवा प्रवेश गरेको यो पहिलो रेकर्ड भएको बताइएको छ ।

https://youtu.be/A73ELaEsQpM

https://www.youtube.com/watch?v=mbyOtz0Fmn8