धनकुटा/ धनकुटामा सम्पन्न नृत्य प्रतियोगिता प्रथम नटराज कलाकार २०७६ को उपाधि तुलसीमेहर बोर्डिङ स्कुलकी आनी राईले जितेकी छन् ।

धनकुटा बहुमुखी पाठशालाले आयोजना गरेको प्रतियोगिताको फाइनलमा पुगेका १२ प्रतिस्पर्धीलाई उछिन्दै उपाधि जितेकी आनीले नगद २७ हजार ५ सयसहित ट्रफी र प्रमाण–पत्र पाइन् ।

त्यस्तै निजामती आवासीय मावि धनकुटाकी नजुमा लिम्बू दोस्रो भएर नगद १७ हजार ५ सय र तुलसीमेहरकै नवोदिता श्रेष्ठ तेस्रो भएर नगद १२ हजार ५ सय तथा ट्रफी र प्रमाण–पत्र पाए ।

विजेताहरूलाई उनीहरू अध्ययन गर्ने विद्यालयले छात्रवृत्ति र नगद प्रदान गरेका थिए । प्रतियोगिताको फाइनलमा पुगेका सबैलाई आयोजकले १ हजार नगदसहित प्रमाण–पत्र प्रदान गरेको थियो ।

कात्तिकदेखि शुरु भएको प्रतियोगिता विभिन्न पाँच चरण हुँदै फाइनल सम्पन्न भएको थियो । प्रतियोगितामा धनकुटा नगरपालिकाभित्रका १३ वटा विद्यालयका १ सय ६७ जना विद्यार्थीहरू सहभागी रहेका थिए ।