बेपत्ताको आत्मा

alt
  • फाल्गुन १, २०७६
  • - हेमन यात्री

बाँचेकाहरूसँग त छँदै छैन म
मरेकाहरूसँग पनि छैन
तिमीलाई याद हुनु पर्छ अझै-
शरद ऋतुको एकबिहान
मैले बोकेको राजनीतिशास्त्र
केही युद्धका किताबहरू देखेर
कलेज जाँदा–जाँदै
बाटामै अपहृत भएको हूँ म
त्यसयता
बेठेगान छु आजसम्म
टाढाबाट कुनै प्रेमीले
पठाएको चिट्ठी
बाटामै गुमनाम भए जस्तो
यता घरमा
म जिउँदै रहेको भ्रम बोकेर
अन्धकारजस्तो बिश्वासमा बाँचिरहेका
मेरा बा–आमा
परदेश गएको छोरालाईझै
बल मागिदिइरहेछन् अझै
सुम्निमा–पारुहाङसँग
र दिर्घायुको कामना
गरिरहेका छन्
मन्साउँदै बाटाका सिमे–भूमे
तर
हरेक सपनाभरि
दुःख दिन आइरहने
मलाई थाहा छ-
परदेश गएको छोराजस्तो
फर्केर आउने छैन म
मरेकाहरूसँग पनि छैन म
बाँचेकाहरूसँग त छँदै छैन
यसरी
कतिञ्जेल बेपत्ता बनूँ
र दुःख दिऊँ सपनाभरि आएर ?
अब
छुटाइदिनु मेरा लागि
एकमुठी धान
एकमुठी मकै
एकमुठी कोदो
एकमुठी फापर
एकचिण्डो जाँड
एकचिण्डो पानी
एकथान खुकुरी
एकथान भाँडा
एकथान कपडा
एकटुक्रा अदुवा
खर्चलाई रु. एकको सिक्का
र बनाइदिनू-
म अट्नेगरिको एउटा घर -घरछेउमै
त्यसपछि
कहिल्यै दुःख दिन आउने छैन म सपनाभरि
शरद ऋतुको एकबिहान
मैले बोकेको राजनीतिशास्त्र
केही युद्धका
किताबहरू देखेर
कलेज जाँदा–जाँदै
बाटामै अपहरण गरेपछि
तिमीले जिउँदै गाडेको मेरो खबर
मेरा बा–आमालाई भनिदेऊ
कम्तीमा रात–रातभर
मेरो छायाले लखेट्दै
दुःख दिइरहने छैन उनीहरूलाई ।
(आज फाल्गुन १ गते । जनयुद्ध सुरु भएर किनारा लागेको पनि २५ बर्ष बितिसकेछ । तर युद्धको अध्यारो/उज्यालो असर अझै पनि बाँकी नै छ । युद्धमा हजारौं मारिए । कैयौं बेपत्ता भए । त्यही बेपत्ता मध्येका एक युवाको ऐठन हो- यो कविता । लेखक)

सुनिहाङ्गा मृत्यू प् ...

विजयपुर । भाद्र २२ गते आफ्नै कोठामा मृत फेला परेकी धरान ...

प्याजमा कालोबारी गर् ...

विराटनगर । प्याजमा कालोबजारी गरेको आरोपमा विराटनगरका दु ...

२ जनाको हत्या गरी भा ...

धरान । तेह्रथुममा दुई जनाको हत्या गरी भागेका एक व्यक्ति ...

धरान ८ मा एक महिला म ...

ब्लाष्टखबर । धरान ८ मा एक महिला मृत फेला परेकी छिन् । ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved