नेपाली फिल्मकी अभिनेत्री महिमा सिलवालको बसको ठक्करबाट मृत्यु भएको छ ।

बुधवार साँझको ५ बजेर ४५ मिनेटमा धादिङको गजुरीमा उनी सवार बा ९८ प ७०५८ नम्बरको स्कुटरलाई विपरित दिशाबाट आउँदै गरेको लु २ ख १३५ नम्बरको बसले ठक्कर दिएको थियो । अभिनेत्री सिलवालको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले बताएको छ ।

स्कुटरमा उनकी बहिनी सर्मिला सिलवाल पनि सवार थिइन् । उनीहरु स्कुटरमा काठमाडौंबाट चितवन घर जाँदै थिए ।

अभिनेत्री महिमा सिलवालकी बहिनी सर्मिलाको उपचारका लागि काठमाडौं ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । अहिले अभिनेत्री महिमाको पार्थिव शरीर गजुरीमा र सर्मिलाको ट्रमा सेन्टरमा राखिएको छ ।

साभारः फिल्मीखबर