धरान / प्रधानमन्त्री निवास बालुवाटार आज साँझ संगितमय बनेको छ । साँझ ‘सारङ्गी साँझ’को आयोजना गरि माधव नेपाल र झलनाथ खनाल सारङ्गी र केपी ओलीले बासुरी बजार बालुवाटारलाई संगितमय बनाए । मदन भण्डारी कला साहित्य प्रतिष्ठान तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।
उनीहरुले रमाइलो गरेको तस्विर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमा सेयर गरेका छन् । कार्यक्रममा पूर्व नेपालदेखि पश्चिमसम्मका लोक बाजाहरुको संगीत प्रस्तुत गरिएको छ ।