धरान/ बलिउड अभिनेता ऋषि कपूर अस्पताल भर्ना भएका छन् । अमेरिकाको न्यूयोर्कबाट क्यान्सरको उपचारपछि फर्किएका उनी आइतबार दिल्लीको अस्पतालमा भर्ना भएका थिए ।

आइतबार अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका हुन् । भारतीय सञ्चारमाध्यमले उनी इन्फेक्सनका कारण अस्पताल भर्ना भएको जनाएका छन् ।

उनले भारतीय सञ्चारमाध्यमसँग आफूलाई इन्फेक्सन भएको बारे जानकारी गराएका छन् । तर, के कारणले इन्फेक्सन भएको हो भन्नेबारेमा खुलाएका छैनन् ।