पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकामा रहेका ऐतिहासीक तिर्थ स्थलको अस्तीत्व जोगाउँन किरात याक्थुम चुम्लुङ पाँचथरले सुझाव दिएको छ । इतिहाससंग जोडिएका ऐतिहासिक तथा पुरातात्वृक बस्तुहरुको संरक्षण गर्न लाग्नु पर्नेमा जोड दिएको हो । पाँचथरको कुम्मायक गाउँपालिका स्थीति कुम्मायक धार्मिक स्थलमा एक कार्यक्रमको बीच यस्तो सुझाब दिएको थियो ।

जहाँ ऐतिहासिक स्थल, त्यही छलफल र बसह भन्ने मुल नारासहित आयोजना गरिएको कार्यक्रमा लिम्बुभाषा बिकाश संस्था लिल्डाका पाँचथर अध्यक्ष दिलेन्द्र कुरुङबाङले कुम्मायक–कुसायक धार्मिक स्थलको सुझाव सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए । कुम्मायक धार्मिक स्थलको परिचय, उत्पती, इतिहास र भइरहेका पहलहरुको बिषयमा पाँच पृष्ठ लामो प्रतिवेदन सार्वजनिक गरी इतिहासलाई दर्शाउने धरोहरहरुको संरक्षण गर्न उनले सुझाव दिएका थिए ।

सोही कार्यक्रमा कियाचु का पूर्व केन्दिय सचिव तथा नेपाली काङग्रेस जिल्ला सभापती नरेन्द्रकुमार केरुङले कुम्मायक कुसायक धार्मिक क्षेत्रको संरक्षणसंगै पयटकिय क्षेत्रमा बिकाश गर्ने हो भने आर्थिक उपजको गत्र्तिलो माध्यम बन्ने बताए । स्थानीयतहले धार्मिक स्थलको स्थरउन्नती गर्दा प्राचिन कला र सभ्याताको आधारमा गर्दा मात्रै वास्तविक पहिचान झल्कने भएकाले स्थानीय सरकारले यस विषयमा गम्भिर भएर लाग्न सुझाव दिए ।

जवाफमा कुम्मायक गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले गाउँपालिकाको समृद्धि कृषि र पर्यटनबाटै सम्भव हुने भएकाले यस तर्फ स्थानीयतहले ध्यान दिने बताए । गाउँपालिकाको केन्द्रमा रहेको कुम्मायक कुसायक धार्मिक स्थलमा ऐतिहासिक वस्तुहरुको संरक्षण गर्दै आएको जोड दिदै उनले आगमी दिनमा पनि सबैको सल्लाह र सुझावको आधारमा काम गर्ने बताए । कार्यक्रमा कियाचुका केन्द्रिय सदस्य गणेशकुमार चेम्जोङ, लक्ष्मण लावती, लगायतका वत्ताहरुले आफ्नो भनाइ राखेका थिए । कियाचुका कुम्मायक शाखाको सहयोगमा कियाचु पाँचथरले आयोजना गरेको हो ।