धरान / लालीगुराँसको राजधानी तेह्रथुम जिल्लाको तिज जुरे मिल्लके जलजले क्षेत्रमा युसबर्ष सबैभन्दा भेरै हिऊ परेको स्थानीयबासीहरुले बताएका छन । अहिले हिऊ परेको छ । हिऊँमा खेल्न पुर्वको विभिन्न ठाउँबाट मानिसहरु जान थाल्लेका छन । यो ठाउँ पर्यटकीय दृष्टिकोणले पनि निक्कै रमणिय क्षेत्र छ ।

यो वर्ष सधै भन्दा धेरै परेको छ पहिले पनि हिउ पर्ने गरेको थियो तर यस वर्ष जस्तो धेरै परेको भने यस वर्ष हो भन्छन स्थानियबासी नबिन याक्खा उनी धरानदेखि चैनपुर यातायातको रmडको सवारी चालक पनि हुन । उनले धेरै हिँऊमा घुम्न जाने पर्यटकहरुलाई घुम्माउन समेत लैजाने गरेको बताए । अहिले हिउ खेल्ने बिराटनगर, इटहरी धरान, बितामोड, धनकुटा काठमाडौ लगायतबाट अहिले पनि हिउ खेल्न आउने गेको छ । बिशेष गरी शनिबारको दिन युवायुवतीहरुको भिड लाग्ने गरेको छ । याहाको होटलहरु पनि खानको लागि पालो पर्खनु पर्नै स्थिती छ ।

यस क्षेत्र पर्यटकीय दृष्ठिकोणले सुन्दर भए पनि ब्यवस्थित होटलहरु अभाप कारण पर्यटकहरुले रामो्रसग सेवा सुविधाहरु पाउन सकेको छैन ।यस तर्फ स्थानिय सरकार तथा स्थानियबासीहरुले बिशेष ध्यान दिन निक्कै आवश्यकता रहेको हिउ खेल्न गएका धरानका सञ्चारकर्माै मनिता चाम्लिङ्ग बताउँछिन ।

उनी भन्छिन ब्यवस्थित होटल तथा लज, पसलहरु,शौचालयहरु सबैमा सम्बन्धीत निकायको ध्यान जान सके याहाको पर्यटकीय बिकाशहरु निक्कै हुने देखिन्छ । त्यस्तै यस क्षेत्रमा भएका होटलहरुमा अतिथि सत्कारको ज्ञान नभएको काठमाडौबाट आफनो परिवार सहित छोराछोरी लिएर तिनजुरेमा हिउ खेल्न आएका प्रेम लिम्बुले बताउदै भने यस क्षेत्रको ब्यवसायीहरुले सरसफाई , स्थानिय खानेकुरा, अतिथि सत्कारमा ध्यान दिन सके यहाको पर्यटकीय क्षेत्रमा बिकाश हुने उनको भनाई रहेको छ ।