धरान/ मोडलिङमा डेब्यु गरेका सोभित घिमिरेको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

भूवन बास्तोलाको शब्द र स्वर तथा अमर राईको सङ्गीत रहेको गीत ‘केही कुरा बुझ्यौ..’ को भिडियोमा सोभितलाई प्राप्ति सुवेदीले साथ दिएकी छन् । सोभित आन्तरिक राजस्व कार्यालय धरानका नायव सुब्बा हुन् ।

सिरकुमार साम्पाङले निर्देशन गरेको भिडियो बिहीबार बूढासुब्बा डिजिटल च्यानलबाट सार्वजनिक भएको हो । मोडल सोभितले नै निर्माण गरेको भिडियो सुनसरीको रास ताल, गोकर्ण रिसोर्टलगायतका रमणीय स्थलमा छायाङ्कन गरिएको छ । भिडियोमा सोभित र प्राप्तिसँगै गायक भूवनले पनि अभिनय गरेका छन् ।

दिनेश राईले छायाङ्कन गरेको भिडियो वसन्त राईले सम्पादन गरेका हुन् । गीत भने पूर्वाञ्चल डिआएर स्टुडियोमा रेकर्ड गरिएको हो । जागिरबाट फुर्सदको समयमा मोडलिङमा लागेको सोभित बताउँछन् । उनी भन्छन्, ‘म्युजिक भिडियो रिलिज हुने बित्तिकै राम्रो प्रतिक्रिया पाएको छु । यसले उत्साहित बनाएको छ ।’