ब्लाष्टखबर । भारतकाे केरला राज्यमा कोरोना भाइरस संक्रमित विद्यार्थी भेटिएको छ । चीनको वुहान विश्वविद्यालयबाट आएका विद्यार्थीको स्वास्थ्य परीक्षण गर्दा कोरोना भाइरसको लक्षण देखिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

चीनमा १७० को ज्यान लिइसकेको कोरोना भाइरस  विश्व भरी फैलिदै गर्दा भारतमा करिब पाँच सय बिरामीलाई कोरोना भाइरस संक्रमण हुन सक्ने अासंकामा निगरानीमा राखिएको छ ।

नेपालमा पनि एक विद्यार्थीमा यो भाइरसको लक्षण देखिएको छ ।