धरान  / प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङ्गेलाई पक्राउ गर्न जिल्ला अदालत कास्कीले पक्राउ पूर्जी जारी गरेको छ ।
सार्वजनिक स्थलमा अखिल नेपाल फुटबल संघ(एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङमाथि हातपात गरेको भन्दैं हिजो प्रहरीमा जाहेरी परेको थियो ।
जाहेरी आए पछि आज जिल्ला प्रहरी कार्यालय कास्कीले अदातलसँग पक्राउ आदेश माग गरे अनुसार आज आदेश जारी गरेको हो ।  जिल्ला प्रहरी कार्यालयका एसपी दानबहादुर कार्कीले पक्राउ गर्ने प्रक्रियामा रहेको बताए ।  मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै मनाङ्गेले मंगलबार गुरुङलाई झपड हानेका थिए ।

खेलाडीहरुको खाने बस्ने व्यवस्था आफूले मात्र नभइ कमिटीले नै गर्ने विषय भएको तर सांसद मनाङ्गेले वार्ता गर्नुको साटो खेल मैदानमा नै कुटपिट गरी अभद्र व्यवहार गरेको भन्दै जाहेरीमा मुलुकी फैजदारी संहिता २०७४ को दफा ११८ को कसुरमा कारबाही माग गरिएको थियो । चाढै पक्राउ गरि कारवाही प्रक्रिा अघि बढ्ने एसपी कार्कीले जानकारी दिए । उनी मनाङबाट प्रदेश सभामा स्वतन्त्र उम्मेद्वार भएर विजयी भए पछि नेकपामा प्रवेश गरेका थिए ।

यस्तो थियो घट्ना

पोखराको भण्ढारढिकमा मंगलबारदेखि सुरु भएको मुख्यमन्त्री कप फुटबल प्रतियोगिता उद्घाटनको तयारी भइरहेको थियो । मनाङबाट आएका खेलडाीहरुलाई बस्ने व्यवस्थापन किन नगरेको भनेर मैदानमै एन्फाका अध्यक्ष गुरुङमाथि हात उठाएका थिए । हातपातपछि मनाङेले एन्फामा भ्रष्टाचार मौलाएको बताएका थिए ।

प्रदेश सांसद मनाङ्गे उद्घाटनको केही समयअघि कार्यक्रमस्थल पुगेको बेला कार्यक्रम शुरु हुनु अगावै गुरुङलाई हातपात गरि उनी मञ्जमा नगई फर्केका थिए । प्रतियोगिताका लागि मनाङबाट डाँफे लालीगँरास युवा क्लब ४ गते हुने खेलमा १ गते नै पोखरा आएको थियो । तर खेलको मिति पुन ६ गतेलाई सरेको थियो । टोलीको आवास तथा यायायातको सुविधा नमिलाएको र खेल मिति सारिँदा पनि जानकारी नदिएको भन्दै एन्फा मनाङको टोली आयोजकसँग आपति जनाउदैं आएको बताइएको छ । स्थानीयका अनुसार एन्फा अध्यक्ष गुरुङ आफैंमा विवादित भएको बताइएको छ । केही दिनअघि गुरुङले पोखरा क्रियटिभ अवार्ड हाउसका सञ्चालक रामकृष्ण पौडेलमाथि हातपात गरेका थिए ।

एन्फा कास्की अध्यक्ष गुरुङले हालै १३औं दक्षिण एसियाली खेदकुद (साग) अन्तर्गत पोखरामा भएको खेलमा पनि प्रदेश सांसद मोहन रेग्मीसँग झगडा गरेका थिए । सागमा खटिएका प्रहरीले नै उनीहरुलाई छुट्याएका थिए । एन्फा कास्कीले गर्दै आइरहेको मनकामना केबुलकार कपमा पनि हिसाबकिताब नदेखाएको पनि गुरुङलाई आरोप लाग्दैं आएको छ ।

मनाङ्गेको पृष्टभूमी-कांग्रेस, राप्रपा हुदैं नेकपासम्म

दीपक मनाङ्गे मनाङमा निर्वाचित भए पछि उनी राजिव गुरुङ भएका हुन । ठूला गुण्डा नाइकेको रुपमा चिनिएका मनाङगे गत २०६१ सालमा अर्का गुण्डानाइके चक्रे मिलनलाई खुकुरी प्रहार गरेको अभियोगमा उनलाई सरकारले ज्यान मार्ने उद्योगमा मुद्दा समेत चलाएको थियो । मनाङेलाई २ वर्ष जेल सजायको आदेश भएको थियो । जिल्लाको फैसलामा चित्त नबुझेपछि सरकारी वकिलको कार्यालयले तत्कालीन पुनरावेदन अदालत पाटनमा सरकारका तर्फबाट पुनरावेदन गरी पुनरावेदन अदालत पाटनले २०६९ सालमा जिल्ला अदालतको फैसला बदल्दै मनाङेलाई ५ वर्ष कैद सजाय हुने आदेश भयो ।
यो फैसलापछि मनाङेको कैद बाँकी रहेको बेला उनी माननीय भए । सपथ लिनु अगाडि नै सर्वोच्चको फैसला भए पनि उनी फरार सूचिमा थिए । प्रहरीले कैद सजाएका लािग २०७५ बैशाखमा पक्राउ गरियो । उनले फैसला पुनरावेदनका लागि सर्वोच्चमा निवेदन दर्ता गराई धरौटी रकम बुझाएपछि सर्वोच्चले तारेखमा छाड्न डिल्लीबजार कारागारलाई आदेश दियो । जेलबाट छुटेपछि उनलाई प्रदेश सभा सदस्यकाृ सपथ खुवाइएको थियो । उनी असारमा सत्तारुढ पार्टी नेकपा प्रदेश इन्चार्ज तथा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पार्टीमा फसलमाला लगाएर भित्राएका हुन । विगतमा उनी नेपादली काङ्ग्रेसको तरुण दलमा आवद्ध थिए । विचमा राप्रपा पनि भए र पछि नेकपामा प्रवेश गरेका हुन ।