धरान/ सुन्दरताका कारण हलिउड अभिनेत्री जेनिफर लोपोजको चर्चा सदैव हुन्छ । ५० वर्षीया अभिनेत्री अहिले पनि उत्तिकै सुन्दर र कामुक छिन् ।

बोल्ड लुक्सका कारण सदैव चर्चाको पात्र भइरहने जेनिफर फेरि एकपटक चर्चामा आएकी छन् । हालै लण्डनमा आयोजित फिल्म क्रिटिक्स एसोसिएसन अवार्डमा उनले लगाएको पहिरनका कारण सबैको ध्यानाकर्षण गर्न सफल भएकी छन् ।

उनले निलो रङको डिप नेक आउटफिटमा रेडकार्पेटमा देखिँदा सबैले जिब्रो टोकेका थिए । ५० वर्षे यी सुन्दरीको तस्बिर एकाएक भाइरल बनेको थियो । सामाजिक सञ्जालहरूमा पनि उनको चर्चा खुबै भएको थियो ।

प्रेमसम्बन्धका कारण चर्चामा आइरहने जेनिफरको यो पहिरनको चर्चाले झनै सबैलाई मात खुवाइदिएको छ । उनी २० वर्षे तरुणी झैं देखिएकी थिइन् । उनको बोल्डनेसका कारण धेरैको आँखा उनीमाथि परेको थियो । खुला कपालमा देखिएकी उनले आफूतिर ध्यान खिच्न सफल भएकी थिइन् ।

फोटो पत्रकारहरूले त झनै उनलाई विभिन्न एङ्गलबाट तस्बिर खिचेर सामाजिक सञ्जालमा भाइरल गरेका थिए । उनले पूर्वबेसबल खेलाडी एलेक्स रोड्रिग्जसँग हालै इन्गेजमेण्ट गरेकी छन् । हाल यो जोडी टेडिङमा रमाइरहेको छ ।