मधुुमल्ला । क्यान्सर रोग पीडित बनेकी मोरङको उर्लाबारी नगरपालिका वडा नं.–६ की २७ बर्षीया विमला सुब्बाको उपचारका लागि १ लाख ३५ हजार रुपैयाँ संकलन भएको छ ।
बिमला सुब्बा बचाउ अभियानले घरदैलो कार्यक्रम गरेर उक्त रकम संकलन गरेको हो । हाल भरतपुर क्यान्सर अस्पतालमा उपचाररत रहेकी बिमलाको उपचारमा आर्थिक अभाब भएपछि सहयोग समिति बनेको थियो ।

बिमलाको उपचारका लागि सबैसंग हारगुहार गरेर बहिनीको उपचारमा ५ लाख खर्च गरिसकेका दीलबहादुरले बताए । उनका अनुसार अस्पतालले विमलाको उपचारमा अझै २० लाख खर्च हुने जनाएको छ । दीलबहादुरले बहिनी विमलाको जीवन रक्षाका लागि सबैमा आग्रह गरेका छन् । भन्छन्,‘मनकारी दाजुभाई दिदी वहिनीहरु संग सहयोगको हात थापेको छु, तपाईहरुको गुन म विर्सने छैन ।’ पाठेघरको क्यान्सरसंग जुधिरहेकी विमला सुब्बालाई सहयोग गर्न अपिल गरेका छन ।