ब्लाष्टखबर । बेलबारीमा माेटरसाइकल दुर्घटना हुदाँ १ जनाकाे मृत्यु भएकाे छ भने १ जना घाइते भएका छन् ।

पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १६ प १५९१ नम्बरको मोटरसाईकल आज बिहान बेलबारी नगरपालिका ११ लक्ष्मीमार्गमा अनियन्त्रित भई दुर्घटना हुँदा मेटरसाइकलमा पछाडी सवार कानेपोखरी गाउँपालिका-२ का २८ बर्षीय  प्रेम दर्जीकाे मृत्यु भएकाे ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

दुर्घटनामा मोटरसाईकल चालक झापा दमक-१ का २५ बर्षीय हरी बहादुर बि.क र दर्जी घाइते भएपछि उपचारकालागी बिराटनगर स्थित न्युरो अस्पताल लगीएकाेमा दर्जीको उपचारका क्रममा बिहान ११ बजे मृत्यु भएको कार्यालयले बताएकाे छ ।