ब्लाष्टखबर । अबुदाबीमा कामदार बेकेकाे बस  दुर्घटना हुदाँ ३ नेपाली सहित ६ जनाकाे मृत्यु भएकाे छ । 

अबुदाबी स्थित एमबीएम कम्पनीमा कार्यरत मजदुरलाइ बाेकेकाे बस अल रहा भन्ने स्थानमा  गुडिरहेको लरीमा ठोक्किएर दुर्घटना भएकाे जनाइएकाे छ  ।दुर्घटनामा  ३ अन्नदेशका नगरीक ३ नेपालीकाे मृत्यु भएकाे छ भने  १४ नेपाली घाइते भएका छन् ।

मृत्यु हुनेमा झापाकी कृष्णकुमारी अधिकारी, प्यूठानकी भावना कुँवर र अमिसा मोक्तान तामाङ रहेको नेपाली दूतावास अबुधाबीले जनाएको छ । अन्य ज्यान गुमाउनेमा बसका चालक एक पाकिस्तानी पुरुष, एक जना श्रीलङ्काली र एक जना अफ्रिकन महिला कामदार रहेका छन् ।

घटनामा झापाकी तुलसा थापा, इलामकी सीता सुब्बा, सिन्धुपाल्चोककी माया तामाङ, सरिता थापा, पवित्रा तामाङ र मुना राई,  मकवानपुर टिस्टुङ पालुङकी रीता शिवाकोटी, हेटौंडाकी मिना सिंह चापागाउँ, ललितपुरकी कमला नेपाली, दाङ घोराहीकी आशा घर्ती मगर, ,नुवाकोटकी सरिता तामाङ, चितवनकी निर्मला प्रजा, धरानकी वर्षा विश्वकर्मा र सुजला विश्वकर्मा घाइते भएका छन् । घाइते सुजलाको नेपाल ठेगाना भने खुलेको छैन ।

घाइते १४ जनामध्ये पाँच जनाको आबुधाबीको खालिफा सिटीमा रहेको एनएमसी अस्पतालमा, पाँच जनाको माफ्राक अस्पतालमा र अलरहा अस्पतालमा उपचार भइरहेको छ । 

चितवनकी निर्मला प्रजा सामान्य उपचारपछि बिहीवार साँझ नै कम्पनीको क्याम्प फर्किएकी छन् ।

बिहीबार बिहान साढे ५ मा भएको दुर्घटनाबारे दूतावासले जानकारी पाए लगत्तै घटनास्थल र घाइतेहरुको अवस्था बुझ्न दूतावासका उच्च अधिकारीको टोली अस्पताल पुगेको  दूतावासले जनाएकाे छ ।