गायिका आस्था राउतले विमानस्थलमा चेकिङका क्रममा महिला प्रहरीबाट दुव्र्यवहार भएको भन्दै नेपाल प्रहरीप्रति आक्रोस पोखेकी छन् ।

उनले आक्रोस पोखेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । चेकिङका क्रममा एक महिला प्रहरीले आफूलाई ‘तँ’ भनेको भन्दै उनी आक्रोसित देखिएकी हुन् । उनले भनेकी छन्, ‘मेरो हातमा कफी थियो । यसैले मैले आफै चेक गर्नुहोस् भनेँ । तर, उसले मलाई ज्याकेट खोल् भनिन् । त्यही हो, बोल्ने पारा ? यो पुलिस हाम्रो साथी भन्ने नारा हटाए हुन्छ ।’

आस्थाले प्रहरीले ठूला पदमा बस्नेहरूलाई मात्र हजुर हजुर भनेर सम्बोधन गर्ने तर साधारण जनतालाई सम्मान नगर्ने बानी हटाउन नेपाल प्रहरीसँग आग्रह गरेकी छिन् । आस्थाले भिडियोमा ‘यो नेपाल प्रहरीको जरामा नै गन्ध छ । माथि टुप्पाबाट दर्शन, यत्रो ‘दर्शन । कस्तो दर्शन हो यो । मलजल गर । जरा नै कुहिएको छ’ भनेको सुनिन्छ ।

प्रहरीको युनिफर्म लगाएको भरमा सर्वसाधारणलाई धम्क्याउन नमिल्ने भन्दै आस्थाले भनेकी छन्, ‘प्रहरीको माथिल्लो पोष्टमा बस्नेहरूले सिपाही, हवल्दारलाई संस्कार दिनुहोला । हजुरहरूलाई मात्र होइन, अरूलाई पनि हजुर भन्ने सिकाउनुहोस् । ‘तँ’ भनेको हामी सहँदैनौं । घरकै बाबु आमाले त अहिलेसम्म ‘तँ’ भनेका छैनन् ।

सम्मान गर जनतालाई । तिमीहरूलाई सम्मान चाहिन्छ भने अरूलाई पनि सम्मान गर ।’ आस्थाले आक्रोस पोख्दै भनेकी छन्, ‘गल्ती बिना कसैलाई तँ तँ भनेर सिकाउने काम नगर ।’