शनिबारबाट प्रदर्शनमा आएको साउथ सुपरस्टार अल्लु अर्जुन र पूजा हेगडेको फिल्म ‘आल्हा वैकुण्ठ प्रेमुलु’ ले ‘बाहुबली’ को रेकर्डसमेत तोडेको छ ।

यो फिल्म सबैभन्दा ठूलो इण्डियन ओपनर बनेको भारतीय मिडियाले उल्लेख गरेका छन् । फिल्मले घरेलु बजारसँगै अमेरिकालगायतका देशमा पनि ठूलो कमाइ गरेको छ ।

यो पारिवारिक फिल्मले संयुक्त राज्य अमेरिकामा ‘बाहुबली’ को रेकर्ड तोडेर नयाँ रेकर्ड बनाएको छ । त्रिविक्रम श्रीनिवास निर्देशित फिल्म अल्लुसँगै तब्बु, सुशान्त, नवदीप, निवेथा पेथुराज, राजेन्द्र प्रसाद, वेनेला किशोर, सत्यराजलगायतका कलाकारहरूको अभिनय छ ।

‘आल्हा वैकुण्ठप्रेमुलु’ मा पूजा हेगडेले सफ्टवेयर कम्पनीको सिइओको भूमिका निभाएकी छन् । त्यस्तै बलिउड अभिनेत्री तब्बु यो फिल्मबाट वर्षौंपछि टलिउडमा फर्किएकी हुन् । उनले फिल्ममा अल्लु अर्जुनकी आमाको भूमिका निभाएकी छन् । १० वर्षपछि उनले तेलगु फिल्म गरेकी हुन् । यो फिल्मले पहिलो दिन घरेलु बक्सअफिसमा ५५ करोडको व्यापार गरेको बताइएको छ ।