धरान / धरान–१३ स्थित राखेकै ठाउँमा आज राती यात्रुवहाक बसमा आगजनी भएको छ ।
माधवप्रसाद घिमिरेको को १ ख ४८७६ नं. को सागुरी बसमा आगो लागेको हो । धरान–१३ स्थित खाली ठाउँमा राखिएको गाडीमा राती ११ बजे आगो लागेको थियो । आगोले बसमा सामान्य क्षति पुगेको छ ।
के भएर आगो लागेको भन्ने विषयमा अनुसन्धान भईरहेको अस्थायी प्रहरी पोष्ट अमरघाटका असई सुमन दाहालले जानकारी दिए ।
राखेकै ठाउँमा बसमा आगो लाग्यो
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































