यासोक पाँचथर । पाँचथरमा किशोरी बलाकृत भएको घट्ना ढाकछोप गर्न खोजेको आफन्तले आरोप लगाएका छन । जिल्लाको मिक्लाजुङ गाउँपालिकामा १५ वर्षीय किशोरीलाई बलात्कार गर्ने सोही गाउँपालिका ४ थामथुमका ५७ वर्षीया कृष्णबहादुर गहतराजलाई प्रक्राउ परेका थिए । गत पुस १९ गते राती किशोरीकै घरमा आएर बलत्कार गरेको भन्दै पीडितले दिएको जाहेरीको आधार गहतराजलाई पक्राउ गरिएको थियो ।
पीडित बालिकाले संचारमाध्यममा बास्तविक घट्ना खुलाए पनि प्रहरी र अन्यसंग बयान फेरेको आफन्तको आरोपको छ । आर्थिक अवस्था कमजोर भएको परिवारमा किशोरीका बुवा दैनिक मादक पर्दाथ सेवन गर्ने र आमा सोझी भएको फाइदा उठाउँदै पीडितलाई प्रभावमा पारेको कारण बयान फेर्दै आएको आफन्तको दावी छ । बालिकाका आमा बुवाले घट्ना घटेको हैन भन्दै आएका छन् । पछिल्लो समयमा बालिकाले मिडिया सत्य बोलेको र प्रहरीमा बयान फेरेका कारण घट्ना रहस्यमय भएको पीडितका आफन्त निरोज बस्नेतले बताए । अनुसन्धानमा खटिएको प्रहरीले फितलो अनुसन्धान गरेका कारण आफन्त थप ससङकित भएको उनको आरोप छ ।
गाउँपालिकामा रहेको इलाका प्रहरी कार्यालय रबिमा खटिएको महिला प्रहरीले अनुसन्धान गर्दा आमाले घट्ना नभएको बताएकी थिइन । पीडितलाईसमेत बयान फर्न प्रहरीले दवाव दिएको बस्नेतले बताए । घट्नाको बिषयमा पीडितका भाइले पनि सबै कुरा खुलाएको छ । पीडित किशोरीले मिडियामा दिएको बयान र आफुहरुसंग दिएको बयान मिलेको छ । तर प्रहरीमा बयान फेरिएको कुराले शंका गर्ने ठाउँ देखिएको आफन्तको भनाइ छ । यता जिल्ला प्रहरी कार्यालय पाँचथरले जवरजस्ती करणी गर्न खोजेको अनुसन्धानबाट खुलेको बताएको छ । गहतराजले पीडित किशोरीमार्थी जवरजस्ती करणी गर्न खोज्दा परिवारका सदस्यले प्रतिकार गरेपछि घट्ना घट्न नपाएको बताएको छ । तर आफन्तले घटनाको पुन अनुसन्धान हुनुपर्ने माग गर्दै आएका छन ।