भण्टाबारी । सशस्त्र प्रहरी बल बिओपी लौकहीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
चेकजाँचको क्रममा सशस्त्र प्रहरीले शुक्रबार भारतीय बजारबाट लुकाई छिपाई ल्याएको लागूऔषधसहित एक जनालाई पक्राउ गरेको जनाएको हो । पक्राउ पर्ने धरान उपमहानगरपालिका–१७ पटनालीका ३२ वर्षीय नरेन्द्र बस्नेत रहेका छन् ।
चेकजाँचको क्रममा उनको साथबाट नाइट्रोजन ट्याब्लेट ३० थान, स्पास्मो ७२ थान र एक थान सादा मोबाइल सेट बरामद गरिएको सशस्त्र प्रहरी बल बिओपी लौकहीका इन्स्पेक्टर भूपेन्द्रकाजी निरौलाले जानकारी दिए ।
भारतबाट प्रतिबन्धित लागूऔषध बोकेर पैदल आएका बस्नेतलाई कोशी गाउँपालिका १ बोर्डर क्षेत्रबाट सशस्त्र प्रहरीले पक्राउ गरी थप कारबाहीको लागि नेपाल प्रहरीको जिम्मा लगाएको छ ।