विराटनगर /  विराटनगरस्थित कोशी अस्पतालमा उपचार गराउन आएकी एक युवतीलाई स्वास्थयकर्मीले दुब्र्यवहार गरेको आरोप लागेको छ ।  कम्मर दुख्ने समस्याको उपचार गराउन आएकी किशोरीलाई एक्सरे गरिने कोठा भित्र स्वास्थ्यकर्मीले शुक्रबार दिउँसो दुब्र्यवहार गरेको युवतीको भनाई छ ।
कम्मर दुख्ने समस्याका कारण २४ वर्षीय ती युवती अस्पताल आएकी थिइन् । अस्पतालका चिकित्सकले तल्लो स्पाईनको एक्सरे गर्न सुझाव दिएका थिए । चिकित्सकको सुझाव अनुसार महिला अस्पताल परिसरमै रहेको एक्सरे कक्ष पुगेकी थिईन । एक्सरे गर्ने क्रममा त्यहाँ खटिएका स्वास्थ्यकर्मी युवाले दुब्र्यवहार गरेको पीडित युवतीले बताएकी छिन । एक्सरे गर्ने क्रममा डियुटीमा खटिएका स्वास्थयकर्मीहरुले आफुलाई पैन्ट खोल्न लगाएर दुब्र्यवहार गरेको युवतीको आरोप छ । ‘एक्सरे गर्ने क्रममा डियुटीमा रहेका बीरेन्द्र यादवले आफुलाई पैन्ट खोल्न भनेपछि आफुले ग्राउन मागेको थिए,’ ती युवतीले भनिन्, ‘रेडियोलोजी विभागमा खटिएका यादवले एक्सरे कोठामा ग्राउन नभएको भन्दै आएर पैन्ट खोलिदिए ।’ यादवले पैन्ट सार्ने निहुँमा आफुसंग दुब्र्यवहार गरेको पीडित युवतीले भनाई छ ।
अस्पतालमा रहेका प्रहरीको टोलीले यादवसहित तीन जनालाई छलफलका लागि अस्पताल प्रशासन र कोशी अस्पतलाका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर संगीता मिश्रा समक्ष लगेको थियो । त्यहाँ भएको छलफलको क्रममा यादवले पीडित युतवीसँग माफी र कोशीमा इन्र्टनसिप गर्न नपाउने गरि घटनाको मेलमिलाप भएको हो ।
उपचार गर्न आएको युवतीलाई दुव्र्यवहार गरेको आरोप लागेका यादव विराट मेडिकल कलेजको इन्र्टनसिप गर्न आएका विद्यार्थी हुन् ।
यता वीरेन्द्रले एक्सरे गर्ने क्रममा रेडियोलिजो विभागमा एप्रोन नभएकोले विरामीलाई कपडा खोलेर एक्सरे गरिने क्रममा सामान्य रुपमा कपडामा छोएको बताए । एक्सरे गर्ने क्रममा छुनु सामान्य रहेको उनको भनाई छ
रेडियोलोजी विभागमा चेन्जिङ्ग रुमै छैन
कोशी अस्पतलामा दैनिक एक हजारको संख्यामा ओपिडिमा विरामी उपचारको लागि आउने गरेका छन् । यहाँ आउने विरामीले दैनिक ३ देखि ५ सयको संख्यामा एक्सरे हुने गरेको अस्पतालको अभिलेखले दखाएको छ । एक्सरे गरिने कोठामा चेन्जिङ्ग रुम र एप्रोपन पनि नभएको विरामीहरू बताउँछन् । संम्बेदनशिल भागको एक्सरे गरिदा एप्रोन आवश्यक पर्दछ । तर, कोशीमा एप्रोन पनि नभएको बताइएको छ । एक्सरे कक्षमा महिला कर्मचारी पनि नहुने र इन्र्टनसिपका विद्यार्थीको भरमा सेवा संचालन गर्नुमा अस्पताल प्रशासनको चरम लापरवाही भएको देखिएको छ ।
अस्पतालका निमिक्त मेसु डा. संगीता मिश्राले रेडियोलोजी विभागमा तत्काल चेन्जिङ्ग रुमको व्यव्स्था गरिने बताइन् । ‘रेडियोलोजी विभागको आगाडी एउटा कोठा छ । अब त्यसलाई चेन्चिङ्ग रुम हुने छ ।’