वराहक्षेत्र/ महिला अनुयायीलाई बलात्कारकाे अाराेप खेपेका कृष्णदास भनिने कृष्ण बहादुर गिरीकोे चतरास्थित रामानन्दाचार्य सेवा पीठको सदस्यहरुले राजीनामा दिन थालेका छन् ।
पीठका सदस्य प्रहलाद भट्टराईले समितिको सदस्य पदबाट राजीनामा दिएका छन् । उनले बिहिबार रामानन्दाचार्य सेवा पीठका अध्यक्ष गणेश बिरही सुब्बा समक्ष राजीनामा दिएका हुन् । भट्टराईसंगै राजीनामा दिनेको संख्या ३ पुगेको छ ।
आफु आदर्श माध्यमिक विद्यालयको प्राचार्यको पदमा तथा अन्य धेरै संस्थामा आबद्ध भएकोले कार्य व्यस्थताले गर्दा विद्यालयलाई समय दिन कठिनाई भएको भन्दै , पीठको सदस्य पदबाट राजीनामा दिएको,फोनमा कुराकानी गर्दै प्रहलाद भट्टराईले बताएका छन् ।
हिजो बिहिबार महासचिव भेषराज घिमिरले पत्रकार सम्मेलन गरेर तथा सचिव युवराज भट्टराईले केही समय अघि मात्र समाजिक सञ्जाल फेसबुक मार्फत राजीनामा दिएका थिए ।