उदयपुर / उदयपुरको ताप्लिमा बोलोरो गाडी दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाईते भएका छन् ।

ताप्लि गाउँपालिका–२ धपेनीमा बुधबार साँझ बोलेरो दुर्घटना हुदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो भने चार जना घाईते भएका हुन् । रामपुरझिल्केबाट कटारी तर्फ आउँदै गरेको मे १ ज २६६२ नम्बरको बोलेरो आफै अनियन्त्रित भई सडकदेखि करिब ५० मिटर तल खसेर दुर्घटना हुदा ताप्लि गापा–२ लेखगाउँ निबासी २६ वर्षीय मिलन राई र झापाको विर्तामोड घर भएका अन्दाजी ३३ वर्षीय महेन्द्र राईको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ताप्लिगापा–२ लेखगाउँ निबासी २७ वर्षीय बाबु राई र ४० वर्षीया रसमाया राई गम्भिर घाईते भएका छन् भने बाछाङ निबासी करिब ३२ वर्षीय मोतिलाल राई र बोलेरो चालक ताप्लि गापा–१ ओख्ले निबासी २ज्ञ वर्षीय मोमलराज मगर सामान्य घाईते भएको प्रहरीले जनाएको छ ।  घाईतेहरुलाई कटारी अस्पताल पठाएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।