ब्लाष्टखबर । करिब एक केजी सुन मलद्वारमा लुकाएर नेपाल भित्रनलागेका भारतीय नागरिक पक्राउ परेका छन् ।

 थाई एयरलाइन्सबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएका भारतीय नागरिक मोहमद तोसिद ७६० ग्राम सुनसहित प्रहरीले पक्राउ गरेकाे हाे । 

तोसिदले विमानस्थलमा चेक जाच गर्नेक्रममा शंकास्पद व्यवहार देखाएपछि नियन्त्रणमा लिइ काठमाडौं मेडिकल कलेजमा एक्सरे गर्दा मलद्वारमा लुकाएको सुन भेटिएको अपराध महाशाखाले जनाएकाे छ ।