ब्लाष्टखबर । कीर्तिपुर नगरपालिकाबाट ३२ जना कलाकारहरुको टोली धरान आएका छन् । उनीहरूले बुधबार नेवारी माैलिक बाजागाजाका साथ नाच्दै धरानको धार्मिक पर्यटकीय स्थल काे भ्रमण गरेका छन् ।

कीर्तिपुर १६ जोडी पुचःको नामले चिनिएका टोलीले धिमे बाजा, खी बाजा र बाँसरी बजाउर्दै गाउदै विजयपुरको दन्तकाली बुढासुब्वा पिण्डेश्वर लगायतको मन्दिर परिक्रमा गरेका थिए । भिजिट नेपाल २०२० लाई सफल बनाउन र आफ्नो मौलिक लोक संस्कृतिको संरक्षण र प्रवर्धन गर्न उनिहरु कृतिपुरबाट धरान आईपुगेको हो ।

कलाकार टोलिलाई धरानमा कलाकार सुवास शाक्य, विशाल भण्डारीले सहजिकरण तथा व्यवस्थानमा सहयोग गरेका थिए । उनिहरुलाई धरानका ३ नंं. वडाका वडाध्यक्ष आशा श्रेष्ठ, नेवाः देय् दवूका केन्द्रिय सदस्य अनिल मास्के, नेवाः देय् दबू धरानका सचिव अमृत श्रेष्ठ, ल्याम्ह दवूका केन्द्रिय उपाध्यक्ष समिर आचार्जु र पासा खलः धरान लगायत धरानका नेवारी संघ संस्थाले स्वागत गरेका थिए ।

पौष २१ गते देखि सिन्धुली, लाहान, हिले, धनकुटाका विभिन्न धार्मिक स्थलहरुको परिक्रममा गर्दे उनिहरु धरान आईपुगेको हो । यसपछि विराटनगर, ईलाम मनोकामना हुदै किर्तिपुर फर्कने कार्यक्रम रहेको कलाकार एवं गायक राजेश महर्जनले बताए ।

विभिन्न चाडपर्व मेला उत्सव र विवाह आदिमा समुहले कार्यक्रमहरु गदै आएको आएको छ । विवाहमा शुल्क लिने गरेको छ । संकलित रकमबाट ६० प्रतिशत कलाकारहरुलाई वितरण गर्ने र ४० प्रतिशत संस्थाको अक्षयकोषमा राख्ने गरेको छ । यही अक्षयकोषबाट प्राप्त व्याजको रकमबाट आफुहरु विभिन्न जाने कला संस्कृति प्रर्दशन गर्ने गरेको कृर्तिपुर नगरपालिकाका १ नं. वडाका वडाध्यक्ष समेत रहेका हर्ष मर्हजनले वताए ।