सिरहा । सशस्त्र प्रहरीले भारतबाट भन्सार छलेर अवैध रुपमा ल्याउँदै गरेको औषधी बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेड क्वाटर सिरहाले लागुऔषध सहित एक जनालाई मंगलवार दिउँसो पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहाको गोलबजार नगरपालिका २ जमदहका ३६ वर्षिय मनोज कुमार साह रहेको सशस्त्र प्रहरीले जनाएको छ । को ३१ प् ४१८४ नम्बरको स्कुटीमा भारतबाट आउँदै गर्दा सिरहा नगरपालिका १ शिवचौकमा चेकजाँचको क्रममा प्रतिबन्धित लागुऔषध फेला परेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेड क्वाटर सिरहाका प्रमूख (एसपी) प्रहरी उपरीक्षक प्रबिन कंडेलले बताए ।
जिल्ला सशस्त्र प्रहरी बलका प्रमूख (एसपी) प्रहरी उपरीक्षक प्रबिन कंडेल अनुसार जिल्लाभर कुनै पनि नाकाबाट कुनै पनि प्रकारका अबैध रुपमा भन्सार छलेर ल्याइने सामान तथा बस्तुहरु पुर्णरुपमा नियन्त्रण गर्ने छु ।

प्रतिबन्धित लागुऔषध कोरेक्स (डाईलेक्स डिसी) ६ पिस, नाईट्राभेट ट्याब्लेट १२ पिस बरामद भएको प्रहरी नायव उपरीक्षक दहालले बताए । त्यस्तै ४ हजार २२० नेपाली रुपैयाँ, २ थान मोबाईल सेट, चाँदीको ब्रासलेट १ थान, सुनको सिक्रिी १ थान, घडी २ थान, सक्कल नेपाली नागरिकता २ थान, नेपाली राहदानी २ थान बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेड क्वाटर सिरहाका प्रहरी सिरहाका नायब उपरीक्षक (डिएसपी) योगेश दाहालले बताए ।