सिरहा । १३ औ दक्षिण एसयिाली खेलकुद प्रतियोगिताका स्वर्ण पदक विजेता सिरहाको गोलबजारले नगदसहित सम्मान गरेको छ ।
गोलबजार नगरपालिका १० धरमपुरका उसु खेलाडी १९ वर्षीय विजय सिंजालीलाई नगद ५१ हजार नगद सहित दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरिएको हो । सिंजालीलाई गोलबजार नगरकाका मेयर देवनाथ साह, उपमेयर रेशमकुमारी थापा, प्रमुख प्रशासकीय अधिकृत श्रीधर के.सी.ले सम्मान गरेका हुन् ।

युवाहरु कुलतमा लागीरहेका युवाहरु सहि बाटोमा ल्याउन पनि खेल जगलते ठूलो बल पुर्याउने गमेयर साहले बताए । उनले खेलको माध्यमबाट मुलुकको नाम, मान, सम्मान र इज्जतका लागि खेलेका खेलाडीलाई थप हौसला बढाउन सम्मान गरिएको बताए ।

नेपाल आर्मी क्लवबाट १३ औं सागमा सहभागी भएका सिंजालीले उसुतर्फ थाउलोको छानछ्वाङ् पुरुष विधामा स्वर्ण पदक जितेका थिए ।
यसअभि भारतको गुवाहाटीमा भएको १२ औं सागमा उसुमा रजत पदक जितेका सिंजालीले सन् २०१८ मा इन्डोनेसियाको जकार्तामा भएको एसियन खेलकूदमा उसु खेलमा भाग लिएका थिए ।
पदक जितेपछि गृहनगरले सम्मान गर्दा अझ खेल्ने उर्जा मिलेको सिंजालीले बताए । उनलभने, ‘मुलुकको इज्जतका लागि खेलेको हुँ, स्वर्ण जितेपछि आफ्नै जन्म भूमिका सम्मानित हुन पाउँदा औधि खुसी लागेको छ ।’

१३ औं सागमा प्रदेश २ बाट दुई सोर्ण सहित ९ जना खेलाडीले पदक जितेको बताउँदै सिंजालीले प्रदेश सरकारले खेलाडीलाई नसम्झेको दुखेसो गरे । उनलेभने, ‘खेलको माध्यमबाट देश र प्रदेशकै इज्जत बढेपनि प्रदेश सरकारले खेलाडीहरुलाई नसम्झिँदा खल्लो महसुश भएको बताए ।

१३ औं सागमा प्रदेश २ को पर्साका विकास थापाले भारोत्तोलनमा स्वर्ण, कराँतेका गंगाराम कुस्वाहार रजत, लेखनाथ मैनाली, रीता कार्की, सुशील क्षेत्री, खोखोेका सीता साह, बुद्ध थापा, इन्द्र राय कुर्मीले कास्य पदक जितेका थिए ।