झापा । विर्तामोड नगरपालिका–५ बाट नक्कली नोटसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सो वडाकै ५४ वर्षीय सुरेन्द्र योङहाङ र मोरङ बेलबारी नगरपालिका–४ बस्ने २५ वर्षीय किरण खवास रहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । उनीहरुलाई रु एक हजार दरका दुई थान नक्कली नोटसहित प्रहरीले पक्राउ गरेको हो । सोमबार पक्राउ परेको दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
नक्कली नोटसहित पक्राउ
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































