भद्रपुर । सशस्त्र प्रहरीले ४ लाख १८ हजार १ सय ४५ रुपैयाँ मूल्य बराबरको सामग्री बरामद गरेको छ । सशस्त्र प्रहरी बल गण नम्बर ८ काँकडभिट्टाबाट खटिएको प्रहरी चेकजाँच टोलीले मेचीनगर ६ स्थित जोरसिमल चेक पोष्टबाट बरामद गरिएको सशस्त्रका डिएसपी द्रोर्ण बिक्रम शाहले जानकारी दिए ।
बरामद गरिएको सामग्री हरुमा किराना,लत्ताकपडा, औषधि लगायत रहेको जनाए । बरामद सामग्रीलाइ आइतबार मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइएको उनले जानकारी दिए ।